• बैशाख १०, सिन्धुली/सुनकोशी गाउँपालिका -४ स्थित सामुदायिक वनमा लागेको डढेलो गाउँमा फैलिएको छ । बस्तिमा फैलिएको डढेलोले स्थानीयको पशुचौपाय तथा धनमाल जलेर नष्ट भएका छन् ।

    हिजो (आइतबार ) ४ नम्बर वडाको फलासेघाँरी सामुदायिक वनमा लागेको आगो जैसीथुम्का , कोटगाउँमा फैलिदा ६ जनाको घर र २ वटा गोठ जलेर पुर्ण रुपमा नष्ट भएको सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहोराले जानकारी दिनुभयो । आगोलागिबाट स्थानीयहरुको घरमा रहेको धनमाल,लक्ताकपडा, भाँडाकुडा तथा गोठमा बाँधिएको गाई ,भैसी, बाख्रा,गोरु,गाई लगायतका पशुचौपाय जलेर खरानी भएका छन् ।

    हिजो ४ नम्बर वडाको जङ्गलबाट डढेलो सुरु भएको थियो । डढेलोका कारण स्थानीय रामप्यारी श्रेष्ठको ढुंगा माटोले बनेको जस्ताले छाएको घर जलेर नष्ट भएको र घर भित्र रहेको टिनको बाकस भित्र राखीएको नगद ४ लाख सहित काठले बनेको खरले छाएको गोठ पूर्ण रुपले जलेर नष्ट भएको वडा अध्यक्ष यम बहादुर जर्गा मगरले जानकारी दिनुभयो ।

    आगलागी बाट ईन्द्र कुमार श्रेष्ठको ढुंगा माटो र काठले बनेको जस्ताले छाएको २ वटा घर काठले बनेको खरले छाएको गोठ पूर्ण रुपमा नष्ट भएको छ । भक्त बहादुर श्रेष्ठको ढुंगा माटो र काठले बनेको जस्ताले छाएको घर काठले बनेको खरले छाएको गाईगोठ पूर्ण रुपले जलेर नष्ट भएको छ । स्थानीय कमला पुर्कोटीको ढुंगा माटो र काठले बनेको जस्ताले छाएको घरमा आशिंक क्षती भएको र घर छेउमा जस्तापाताले छाएको छाप्रोमा लैनो भैसी र पाडो जल्दा पाडो भैसी घाइते भएको र पाडो मरेको र बाधीएको उन्नत जातको बोका जलेर मरेको छ ।

    त्यस्तै लाल बहादुर पुर्कोटीको ढुंगा माटो र काठले बनेको जस्ताले छाएको घरभित्र रहेको अन्नबाली, लत्ताकपडा, भाडावर्तन आशिंक रुपमा जलेको र घर छेउमा जस्ताले छाएको छाप्रोमा बाँधी राखीएको एउटा ब्याउने भैसी जलेर मरेको छ । “ हिजो १० बजेबाट सुरु भएको डढलो आज दिउँसो सम्म नियन्त्रणमा लिएका छौँ । ४ नम्बर वडामा मात्रै स्थानीयको घर र गोठ गरी ८ वटा जलेर पुर्ण रुपमा क्षति भएको छ । ; बोहोराले भन्नुभयो ।

    डढेलो हाल सुनकोशी गाउँपालिकाको वडा नम्बर ६ को गौखर्क र ५ नम्बर वडाको बन्दिपुर र खनियाँखर्कको बस्तिमा सल्एिको छ । गौखर्कमा एक स्थानीयको घर जलेको बताइएको छ । आगो नियन्त्रणमा लिनको लागि जनप्रतिनिधि, कर्मचारी, स्थानीय तथा प्रहरीले पहल भइरहेको छ । चारैतिर जङ्गल फैलिएकोले आगो निरन्तर सल्एिको तथा भौगोलिग विकटताको कारण दम्कल जान नसक्ने भएकोले आगो नियन्त्रणको लागि निकै कठिन भएको पालिका अध्यक्ष बोहोराले बताउनु भयो । आगोलागीबाट हाल सम्म सवैभन्दा बढी ६ नम्बरमा क्षति भइको बताउनुहुँदै बोहोराले लगभग ५० लाखको क्षति भइसकेको आंकलन गर्नुभएको छ ।