• चैत १९,सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका –१२ माथिल्लो टङ्सारमा आगलागी हुँदा दुईवटा घर ,१ गोठका साथै नगद र पशुचौपाया पुर्ण रुपमा जलेर नष्ट भएका छन् ।

    आज दिउँसो स्थानीय देवबहादुर कार्कीको दुई घर र एक गोठ जलेर नष्ट हुँदा १५ लाख बराबरको क्षति भएको छ ।
    आगलागी बाट अग्नी पिडित कार्कीको दुई लाख रुपैयाँ नगद सहित घरमा भएको खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा ,गोठ समेत जलेर नष्ट हुँदा १३ वटा खसी बाख्रा जलेर मरेको कमलामाई नगरपालिका — १२ का वडा अध्यक्ष भिमबहादुर गुर्माछानले जानकारी दिनुभयो ।

    आगलागीबाट कार्कीको १५ बराबरको क्षति भएको अनुमान गरिएको वडा अध्यक्ष गुर्माछानले बताउनु भयो । आगलागी के कति कारणले भयो भन्ने एकिन छैन। स्थानीयको पहलमा आगलागी नियन्त्रणमा लिइएको थियो ।