• चैत १०, सिन्धुली/फागू पुर्णिमा (होली) पर्व मर्यादित रुपमा मनाउन जिल्ला प्रशासन कार्यालयले आदेश दिएको छ । फागुन शुक्ल पक्षको पूर्णिमा तिथिका दिन होलिका दहन गरेसँगै मनाइने होली पर्व मर्यादित रुपमा मनाउन जिल्ला प्रशासन कार्यालय सिन्धुलीले एक सुचना जारी गदैँ आदेश दिएको हो ।
    नेपालीहरुले परम्परादेखि उल्लासमय रुपमा मनाउँदै आएको रङ्गहरुको पर्व फागू पुर्णिमा (होली) को शुभकामना व्यक्त गदैँ जिल्ला प्रशासन कार्यालय सिन्धुलीले चाडपर्वले सामाजिक सद्धाव अभिबृद्धि, आपसी सम्बन्ध र भातृत्व कायम गर्ने भएकोले इच्छा विपरित चाडपर्व नमनाउन आग्रह गरिएको छ ।
    साझा पर्व होलीलाई कसैको इच्छा विपरित फागू दल्दिने, लोला हान्ने, सार्वजनिक स्थानमा होहल्ला गर्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन जस्ता कानुन विपरितका कार्य नगर्न सुचनामा भनिएको छ ।