• चैत ९, सिन्धुली/चैत १५ गतेबाट सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसइई) मा जिल्लाभर बाट ५ हजार ३ सय १५ जना विद्यार्थीहरु सामेल हुँदैछन् । एसइईमा सवै धारका गरि महिला २ हजार ८ सय १५ र पुरुष २ हजार ५ सय गरी जम्मा ५ हजार ३ सय १५ जना विद्यार्थीहरु सामेल हुनेछन् ।

    जसमा नियमित साधारण तर्फका ५ हजार १ सय ४६ जना,प्राविधिक तर्फका १ सय ६९ जना र ग्रेड बृद्धि तर्फका २६ जना परिक्षार्थी परिक्षामा सामेल हुने शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका सुचना अधिकृत दुर्गा बहादुर भुजेलले जानकारी दिनुभयो । जिल्लाभरका माध्यामिक तहका १ सय ४५ वटा विद्यालय मध्ये १ सय २३ वटा सामुदायिक विद्यालय, २२ वटा सँस्थागत विद्यालय र ६ वटा प्राविधिक धारका विद्यालयबाट उक्त विद्यार्थी सामेल हुनेछन् ।

    सामुदायिक विद्यालयबाट ४ हजार ७ सय ५६ जना विद्यार्थी एसइईमा सामेल हुँदैछन । जसमा २ हजार ५ सय ८० जना महिला र २ हजार १ सय ७६ जना पुरुष छन् । त्यस्तै संस्थागत विद्यालयबाट ५ सय ५९ जना विद्यार्थी सामेल हुने विद्यार्थीहरुमा ३ सय २४ जना पुरुष र २ सय ३५ जना महिला रहेका छन् ।

    यसैबिच माध्यामिक शिक्षा परीक्षा (एसइई) को लागि २५ वटा परिक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका सुचना अधिकृत भुजेलले जानकारी दिनुभयो । उहाँको अनुसार कमलामाई नगरपालिकामा ६ वटा,दुधौली नगरपालिकामा ५ वटा, तिनपाटन गाउँपालिकामा ३ वटा, फिक्कल गाउँपालिकामा २ वटा परिक्षा केन्द्र तोकिएको छ ।

    गोलन्जोर गाउँपालिकामा २ वटा , सुनकोशी गाउँपालिकामा २ वटा घ्याङलेख गाउँपालिकामा १ वटा, हरिहरपुरगढी गाउँपालिकामा २ वटा र मरिण गाउँपालिकामा २ वटा परिक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । माध्यामिक शिक्षा परीक्षा (एसइई) को लागि तयारी अन्तिम चरणमा पुगेको शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका सुचना अधिकृत दुर्गा बहादुर भुजेलले बताउनुभयो ।