• चैत २, सिन्धुली/आफैले चलाएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका चालकको निधन भएको छ । मृत्यु हुनेमा फिक्कल गाउँपलिकाका –६ का ४५ बर्षीय थिर बहादुर बिक रहेका छन् ।

    फागुन ३० गते मध्यपहाडी राजमार्ग अन्र्तगत फिक्कल गाउँपालिका वडा नम्बर ४ स्थित खाङसाङबाट खुर्कोट तर्फ आउँदै गरेको बा ४९ प ६७९२ नम्बरको आफैले चलाएको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक बिक बेहोस भएका थिए भने सोहि मोटरसाइकलमा सवार स्थानीय अनिष विक सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक चिरन्जीवी दाहालले जानकारी दिनुभयो ।

    बेहोस भएका चालक विकलाई सुनकोशी सामुदायिक अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमान्डौँ पठाइएकोमा गय राति चालक बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटना भएको उक्त मोटरसाईकल नियनत्रणमा लिएको छ ।