• फागुन २, सिन्धुली/सुनकोशी गाउँपालिका १ दुम्जा स्थित नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट हुँदा विपी पार्क नजिकै रहेको टेलिकमको टावरमा क्षति पुगेको छ ।

    दुम्जामा रहेको उक्त स्थानमा आज बिहान करिब ३ बजेको समयम नेपाल टेलिकमको टावरलाई लक्षित गरेर बम विस्फोट भएको सिन्धुलीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता चिरन्जिवी दाहालले जानकारी दिनुभयो । विस्फोटको आवाज आएपछि स्थानीयले गरेको खबरका आधार घटना स्थल पुगेको प्रहरीले शक्तिशाली प्रेसर कुकर बम विस्फोट भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

    उक्त घटनामा मानवीय क्षति भने भएको छैन । प्रहरीले विस्फोट कसले गराएको भन्ने पुष्टि नभए पनि घटना स्थलमा पिपुल विब्रेसन आर्मी लेखेको जनमुक्ती सेना लेखेको पर्चा र दुईवटा प्रेटोलको बोटलसमेत फेला पारिएको जनाएको छ । उक्त घटनामा संलग्न अज्ञात समुहको खोजिकार्य सुरु गरिएको प्रहरीले जनाएको छ ।