• फागुन ३०, सिन्धुली/सिन्धुलीको गोलन्जोर गाउँपालिका—५ मा अन्तरपुस्ता संवाद तथा अन्र्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा जनजाति समाज विकास कार्यक्रम सिन्धुली (जेएसडिपी ) को आयोजनामा सामाजिक मूल्यमान्यतामा परिवर्तन र परम्परागत हानिकारक अभ्यासले बालबालिकामा परेको असरबारे अन्तरपुस्ता संवाद कार्यक्रमको आयोजना गरिएको थियो ।

    जेएसडिपी सिन्धुलीका सचिव महेश कुमार श्रेष्ठ (सरोज) को अध्यक्षता तथा गोलन्जोर गाउँपालिका —५ की कार्यबाहक वडा अध्यक्ष लक्ष्मी हायूको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा बालबालिका, अभिभावक तथा शिक्षक, शिक्षिकाको उपस्थितीमा बाल विवाह,बाल अधिकार सुनिश्चीतता, महिनावारीलाई समाजमा हेरिने दृष्टिकोण,महिला हिंसा, लागु औषध दुव्र्यसनी लगायतका बिषयमा तीन पुस्ताबिच बृहत छलफल गरिएको थियो ।
    कार्यक्रमा बालबालिकाले अभिभावकले आफ्ना छोराछोरीलाई समय नदिने गुनासो गरेका छन् । “अभिभावकहरु काममा व्यस्त हुन्छन् । पढ भनेर छोडिदिछन् । विद्यालयमा पढाई कस्तो हुन्छ । आफ्नो छोराछोरीको साथी सँगत कस्तो सँग भइरहेको छ भन्ने बुझ्दैनन् । ; बालबालीकाले गुनासो राख्नुभयो ।
    महिनावारी भएरै कतिपय चाडपर्वमा परिवार भन्दा परै बस्नु परेको हुनाले परिवारलाई महिनावारी भनेको प्राकृतिक प्रक्रिया भन्ने बुझाउन आवश्यक रहेको बालबालिकाले बताउनुहुन्छ ।
    विद्यालयमा स्यानेटरी प्याडको व्यवस्था भएकोले छात्राहरु पहिले जस्तो महिनावारी हुँदा पढाई नै छोडेर घर जानु पर्ने अवस्था नरहेको शिक्षकहरुले बताउनुभयो । जनता मावि खनियाँखर्कका प्रध्यानाध्यापक रमेश कुमार बर्माले बालबालिकाको पुस्ततको पाठ्यक्रममानै यौन शिक्षाको बिषय राखिनु पर्नेमा जोड दिनुभयो । अन्यथा विद्यार्थीहरु सँग खुलेर यौन शिक्षाको बिषयमा बुझाउन सम्भव नभएको बताउनु भयो ।
    परिवारको सहमति भन्दा पनि बालबालिकाको इच्छा अनुसार बाल विवाह हुने गरेको भन्दै विवाह गर्नको लागि गोलन्जोर गाउँपालिकाबाट २० बर्ष पुगेको सिफारिस लिनुपर्ने भएकोले त्यतिधेरै बाल विबाह नभएको अभिभावक दिपक सापकोटाले बताउनुभयो ।
    वडा अध्यक्ष लक्ष्मी हायूले सामाजिक विकृतिविरुद्ध सरोकारवाला निकाय सशक्त भएर लागिरहेको कुरा राख्नुभयो । यस्तै जेएसडीपि सिन्धुलीका सचिव महेश कुमार श्रेष्ठ (सरोज) ले समाजमा भएका रुढीवादी परम्परागत अभ्यासलाई तोड्नको लागि विद्यार्थी,युवा,अभिभावक लगायतले एक्येवद्धता जनाउन आवश्यक रहेको बताउनु भयो ।
    जेएसडिपी सिन्धुलीका प्राजेक्ट अफिसर अर्जुन कुमार बयलकोटीले अन्तरपुस्ता संवाद तथा अन्र्तरक्रिया कार्यक्रमको आयोजना गरिनुको उदेश्य,लक्ष्य र उपलब्धीको बिषयमा प्रष्ट्याउनु भएको थियो । तीनवटै पुस्ताका व्यक्तिलाई एकै ठाउँमा राखेर कार्यक्रम गरेमा प्रभावकारी हुने भएकाले नै अन्तरपुस्ता संवाद कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनु भयो ।