• फागुन २७, सिन्धुली/आदिवासी जनजाति युवा महासंघ नेपाल सिन्धुलीको अध्यक्षमा समिर श्रेष्ठ सहित नौँ जनाको कार्यसमिति सर्वसम्मत चयन भएको छ । आज सिन्धुलीमाढिमा सम्पन्न भएको आदिवासी जनजाति युवा महासंघ नेपाल सिन्धुलीको तेश्रो जिल्ला भेला बाट समिर श्रेष्ठ सहित नौँ जनाको कार्यसमिति चयन गरिएको हो ।
    आदिवासी जनजाती युवा संघ नेपाल केन्द्रीय महासचिब किरण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको भेलाबाट उपाध्यक्षमा मिलन गुरुङ, सचिव विमेश सुनुवार, सहसचिब सुस्मीता थामि, कोषाध्यक्ष राजेश हायू चयन हुनुभएको छ ।
    त्यस्तै सदस्यहरु इन्द्रबहादुर श्रेष्ठ, सुवास लामा, विशन बम्जन र मान बहादुर मगर रहेका छन् ।