• फागुन २५,सिन्धुली दुधौली नगरपालिका–१ स्थित हतपतेमा जिप दुर्घटना हुँदा १२ जना घाइते घाइते भएका छन् । लङ्गुरखोला स्थित मधुगंगा महादेव मन्दिर दर्शनका लागि यात्रु लिएर जाँदै गरेको प्रदेश–२–०४–००१ च ००५६ नम्बरको योद्धा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका हुन् ।

    आज महाशिवरात्रिको अवसरमा मधुगंगा महादेव मन्दिर दर्शनका लागि यात्रु लिएर जाँदै गरेको जिप आफैँ अनियन्त्रित भएर दुर्घटना भएको जल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक केशव कुमार कटुवालले जानकारी दिनुभयो । दुर्घटनामा परेका घाइतेहरु अधिकांस महोत्तरी जिल्ला र धनुषा जिल्लाको रहेको प्रहरीले जनाएको छ ।

    घाइते हुनेहरुमा महोत्तरीको गौशाला नगरपालिका–११ घर भएका पवन यादव, ललिता देवी यादव, राम कुमारी महतो, रामएकचाल सिंह, विवा कुमारी सिंह, चन्द्र कुमारी सिंह र निलम यादव छन् । त्यस्तै, धनुषा मिथिला नगरपालिका घर भएका धिरज सिंह, सोभा सिंह, मन्जु सिंह, अन्जु सिंह र राम अवतार महतो पनि घाइते छन् ।

    घाइतेहरुको कमलामाई नगरपालिका– ९ भिमानस्थित आरएनके पोलिक्लिनिक र बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ र बोलेरो चालक ४२ वर्षीय विनोद कुमाार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।