• फागुन २५, सिन्धुली/दादुरा–रुबेला खोप अभियानबाट जिल्लाका १८ हजार भन्दा बढि ५ बर्ष मुनिका बालकालिकाले खोप लगाएका छन् । जिल्लाका ९ हजार ३ सय २३ बालिका र ९ हजार ६ सय २१ बालक गरि कुल १८ हजार ९ सय ४४ (९० प्रतिशत) लाई खोप लगाइएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
    राष्ट्रिय खोप कार्यक्रम दादुरा–रुबेला खोप अभियान २०८०–२०८१ बाट स्वास्थ्य कार्यालय सिन्धुलीले २१ हजार ५४ जना बालकालिबालाई खोप लगाउने लक्ष्य राखेको थियो ।
    कमलामाई नगरपालिकाका ५ हजार १ सय ४७ जना बालबालिकालाई खोप लगाइने लक्ष्य राखिएकोमा ५३ वटा खोप केन्द्रबाट ४ हजार ४ सय ४५ ( ८६ प्रतिशत ) जना बालबालिकालाई खोप लगाईएको छ ।
    दुधौली नगरपालिकामा ५ हजार ३ सय ४५ जना बालबालिकालाई खोप लगाइने लक्ष्य राखिएकोमा ५४ वटा खोप केन्द्रबाट ४ हजार ६ सय ५३ ( ८७ प्रतिशत) जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय सिन्धुलीका कोल्डचेक निरिक्षक मनिर आलमले जानकारी दिनुभयो ।
    त्यस्तै तिनपाटन गाउँपालिकामा २ हजार ४ सय ४६ जना लक्ष्य रहेकामा २२ वटा खोप केन्द्रबाट २ हजार २ सय ४३ जना (९२ प्रतिशत ) लाई खोप दिइएको छ भने फिक्कल गाउँपालिकामा १ हजार २ सय ४३ जनालाई खोप दिइने लक्ष्य रहेकोमा ३७ वटा खोप केन्द्र बाट १ हजार २७ जना (८३ प्रतिशत) लाई खोप दिइएको छ ।
    जिल्लाको गोलन्जोर गाउँपालिकामा १ हजार ३ सय ७ जनामा लक्ष्य राखिएकोमा ३१ वटा खोप केन्द्रबाट १ हजार १ सय ५६ जना (८० प्रतिशत) लाई खोप दिइएको थियो भने सुनकोशी गाउँपालिकामा ९ सय ६६ जनालाई खोप दिइने लक्ष्य राखिएकोमा ३५ वटा खोप केन्द्रबाट ९ सय २२ (९५ प्रतिशत) बालबालिकालाई खोप दिइएको कोल्डचेक निरिक्षक आलमले जानकारी दिनुभयो ।
    घ््याङलेख गाउँपालिकामा ८ सय ३१ जनामा लक्ष्य राखिएकोमा २५ वटा खोप केन्द्रबाट ७ सय ३४ जना (८८ प्रतिशत) लाई खोप दिइएको छ । त्यस्तै मरिण गाउँपालिकाका १ हजार ९ सय ७० जना बालबालिकामा खोप दिइने लक्ष्य राखिएकोमा ३५ वटा खोप केन्द्र बाट २ हजार १ सय ४ जना (१ सय ७ प्रतिशत) लाई खोप दिइएको छ । मरिणमा लक्ष्य भन्दा बढि बालबालिकामा खोप दिइएको स्वास्थ्य कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
    हरिहरपुरगढी गाउँपालिकाका १ हजार ८ सय १९ जना बालबालिकामा खोप दिइने लक्ष्य राखिएकोमा ३२ वटा खोप केन्द्रबाट १ हजार ६ सय ६० जना (९१ प्रतिशत) बालबालिकालाई दादुरा –रुबेलाको खोप दिइएको छ ।
    दादुरा–रुबेला खोप अभियानबाट जिल्लाका १० प्रतिशत बालबालिका खोप लगाउन बन्चित भएका छन् । यहि फागुन १५ गतेबाट १९ गते सम्म खोप अभियान सन्चालन गरिएको थियो ।