• फागुन २४,सिन्धुली/कमलामाई नगरपालिका–३ सोलाभञ्ज्याङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार सिन्धुलीबाट चपौलीतर्फ जाँदै गरेको प्र.२–०३–००१ त ४११३ नम्बरको ट्याक्टर तुफान डाँडास्थित भित्री सडकमा दुर्घटना भएको थियो ।

    दुर्घटनामा घाइते भएका सिन्धुली फिक्कल गाउँपालिका ५ बस्ने बर्ष ३० को दिनेश काफ्लेको बिहीबार बिहान मृत्यु भएको हो । जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

    ट्याक्टर चालक गोपाल तोलाङगीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले बिहीबार प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ । चालक तोलाङगी तिनपाटन गाउँपालिका १ का बासिन्दा हुन् ।

    सिमेन्ट र रड लोड भएको ट्याक्टर आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल खसी दुर्घटना भई चालक र सवार काफ्ले घाइते भएका थिए । दुबै घाइतेलाई तत्काल उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाएकोमा बिहीबार बिहान ३ बजे काफ्लेलाई उपचारका क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।