• फागुन १६, सिन्धुली/सिन्धुलीमा ग्यारेजमा रोकिराखेको बसमा आगोलागि हुँदा पुर्ण रुपमा जलेर नष्ट भएको छ । कमलामाई नगरपालिका ६ राम्माडी स्थित सिद्धबाबा इन्टरप्राइजेज ग्यारेजमा रोकिराखेको ना ५ ख २८७७ नम्बरको बसमा अचानक आगोलागि भएको थियो ।
    आगोलागि भएको बस सोहि ग्यारेज सन्चालक कमलामाई नगरपालिका ४ साङ्बालेका युवाराज श्रेष्ठको रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिनुभयो ।
    बसको तार सर्ट भई आगोलागि भएको प्रहरीले जनाएको छ । बस जलेर पुर्ण रुपमा नष्ट हुँदा ३५ लाख बराबरको क्षति भएको ग्यारेज सन्चालक(बसका साहु) युवराज श्रेष्ठले दाबी गरेका छन् ।
    स्थानीय दमकलको सहयोगमा केहि समयमै आगो नियन्त्रणमा लिइएको थियो ।