• फागुन ६, सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकाले ‘पालिका गान’ तयार गर्ने भएको छ । गाउँपालिकाले जान सुचना जारी गदैँ मरिण गाउँपालिकाले आफ्नै ‘पालिका गान’ तयार गर्ने जानकारी दिएको हो ।
    मरिण गाउँकार्यपालिकाको माघ २५ गते बसेको बैठकको निर्णय अनुसार गाउँपालिकाको ऐतिहासिकता, भौगोलिक अवस्थिति, प्राकृतिक सम्पदा, पर्यटकीय श्रेत्र, सामाजिक तथा साँस्कृतिक विविधता, पुरातात्विक महत्व एवं विशिष्टता झल्कने सर्वाेकृष्ठ ‘पालिका गान’ २१ दिन भित्र तयार पार्न आह्वान गरिएको छ ।
    गाउँपालिकाले सुचना जारि भएको २१ दिन भित्र नेपाली नागरिक जो कसैले पनि ‘पालिका गान’ तयार गर्न सकिने जनाएको छ । छनौट समितिको सिफारिसमा गाउँ कार्यपालिकाद्धारा उत्कृष्ठ चयन भई स्वीकृत भएको ‘पालिका गान’ लाई गाउँपालिकाले आफ्नो पालिका गानको रुपमा प्रयोग गरिने सुचनामा उल्लेख छ ।
    उत्कृष्ठ ‘पालिका गान’ तयार गर्ने रचियतालाई गाउँपालिले ३५ हजार रुपैयाँ पुरस्कार सहित प्रसंसा पत्र प्रदान गर्ने गाउँपालिकाले जनाएको छ ।
    गाउँपालिकाले ‘पालिका गान’ तयार गर्न अघि सारेका ९ वटा सर्तहरु
    – पालिकाको ऐतिहासिक, भौगोलिक अवस्थिति, प्राकृतिक सम्पदा, पर्यटकीय श्रेत्र, सामाजिक तथा साँस्कृतिक विविधता, पुरातात्विक महत्व एवं विशिष्टता झल्कने गरी ‘पालिका गान’ तयार गर्नुपर्ने छ ।
    – ‘पालिका गान’मा मरिण गाउँपालिकाको नाम अनिवार्य समावेश हुनसपर्नेछ ।
    – कम्तीमा ४५ शब्द र बढिमा ५५ शब्द समावेश हनुपर्नेछ ।
    – ‘पालिका गान’मा प्रयोग भएका शब्दहरुको संक्षिप्त व्याख्या गर्नुपर्नेछ। कुनै पनि जातिय विभेद, साम्प्रदायिकता, सार्वभौमिकता, राष्ट्रिय एकता र अखण्डतामा आँच आउने संकेत प्रयोग गर्न पाइने छैन ।
    – पेश भएको ‘पालिका गान’को सन्दर्भमा मुल्याङ्कन समितिबाट आवश्यक परिमार्जनको लागि सुझाव प्राप्त – भएमा परिमार्जन गरी उक्त गान स्वीकृत गर्न सकिनेछ ।
    – ‘पालिका गान’को छनौट मुल्याङ्कनस समितिको सिफासिमा गाउँ कार्यपालिकाबाट गरिनेछ ।
    – सामुहिक रुपमा पेश गरेको ‘पालिका गान’ लाई मान्यता प्रदान गरिने छैन । पालिका गानको स्वीकृती सम्बन्धी सम्पुर्ण अधिकार गाउँ कार्यपालिकामा निहित रहनेछ ।
    स्वीकृत ‘पालिका गान’को सर्वाधिकार गाउँपालिकामा रहनेछ र सृजनाको अन्यन्त्र प्रयोग गर्न पाउने छैन ।