• फागुन ५, सिन्धुली/बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जनजातिहरू राजनीतिक अधिकार प्राप्तिमा भन्दा सांस्कृतिक, धार्मिक कर्ममा बढी रमाउने गरेको बताउनु भएको छ ।
    सोनाम ल्होछारको अवसरमा ज्योमोगाङ घ्याङलेख सामाजिक सेवा नेपालद्धारा स्वयम्भु काठमान्डौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले जनजातिहरु रमाइलोमा मात्रै रमाइरहेका कारण आदिवासी जनजाति आन्दोलन कमजोर भएको जिकिर गर्नुभएको हो ।
    राजनीतिक अधिकारविनाको अरु अधिकार क्षणिक हुनेहुनाले राजनीतिक अधिकारलाई मुख्य केन्द्रविन्दुमा राखेर काम गर्न मन्त्री श्रेष्ठले अनुरोध गर्नुभयो । त्यस्तै उहाँले नेपालमा १३१ भाषाभाषी बोल्ने १४२ जातजाति बसोबास गर्दै आएको र त्यसमध्ये आफ्नै भाषा, संस्कृति, भूगोल, मनोबिज्ञान र आर्थिक जीवन भएको एउटा ठुलो समुदाय तामाङ भए पनि राज्यसत्तामा तामाङको पहुँच र प्रतिनिधित्व कमजोर रहेको कुरा बताउनुभयो ।
    मन्त्री श्रेष्ठले आदिवासी जनजातिहरू हजारौं वर्षदेखि सामूहिक जीवन जिउँदै आएको प्रकृतिमैत्री मानव समुदाय भए पनि उनीहरूको सामूहिक जीवन विघटित अवस्थामा रहेको तर्क व्यक्त गर्नुभयो । “उनीहरूको भाषा, संस्कृतिमा जसरी केन्द्रिय राज्यसत्ताले निरन्तर अतिक्रमण ग¥यो, त्यसैले ती समुदायहरूको हजारौं वर्षदेखिको ज्ञान, सीप, अनुभव लोप हुँदै गए ; मन्त्री श्रेष्ठले भन्नुभयो ।

    सो कुराहरुको संरक्षण, सम्बर्धन र विकासका लागि बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई ऐन बनाएर सरकारी कामकाजको भाषा बनाएको जानकारी गराउनु भयो ।