• फागुन ५, सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ४ देउरालीमा चौतारा निर्माण सुरु भएको छ । वडा नम्बर ४ को आर्थिक सहयोग तथा स्थानीयको श्रमदानमा चौतारा निर्माण सुरु भएको हो ।
    शहरीकरणसँगै बढ्दो आधुनिकीकरणले यातायातको विस्तार भएपछि परम्परागत पाटी, पौवा र चौतारा अपरिचित बन्दै गएकोले नेपालीको मौलिक संस्कृति बोकेका चौतारा निर्माणका लागि बजेट विनियोजन गरिएको वडा अध्यक्ष महेन्द्र ढकालले बताउनु भयो ।
    नेपालीको मौलिक संस्कृतिको संरक्षणका लागि पनि चौतारा मर्मतको आवश्यकता खड्किएको अध्यक्ष ढकालको भनाई छ । वडाको ३ लाख बजेट तथा स्थानियको जनश्रमदानमा चौतारा निर्माण सुरु गरिएको छ । देउराली टोलमा चौतारा निर्माणको लागि बजेट विनियोजन भयो तर सार्वजनिक जग्गा उपलब्ध नभएका कारण सामुदायिक विद्यालयको जग्गामा रहेको बरपिपलमा चौतारा निर्माणको काम भएको हो ।
    आधारभूत देउरालीको जग्गामा चौतारा वनाउने विद्यालयको सहमति, उपभोक्ता समिति तथा स्थानीय, बुद्धिजीवि, र समाजसेवीको लगायतको निर्णय भएपछि काम सुरु भएको निर्माण जिम्मा पाएका जनता कन्ट्रक्सनका प्रोपाइटर गजेन्द्र सापकोटाले बताउनु भयो ।
    वडा कार्यालय र निर्माण कम्पनी बिच ३ महिनामा चौतारा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ ।