• फागुन ४,सिन्धुली सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मदन भण्डारी राजमार्ग अन्र्तगत सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ९ स्थित आँपडाडामा डकाहाबाट दुधौली तर्फ जाँदै गरेको मोटरसाइकललाई पछाडिबाट अर्काे मोटरसाइकलले ठक्कर दिदा चालकको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक दुधौली नगरपालिका वडा नम्बर १० का अन्दाजी २३ बर्षीय बेचु कुमर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिनुभयो । आज बिहान ६ बजे डकाहाबाट दुधौली तर्फ जाँदै गरेको दुधौली नगरपालिका वडा नम्बर ९ का अन्दाजी ५५ बर्षीय हरी राउतले चलाएकोे स १० प ३९०९ नम्बरको मोटरसाइकलले सोहि दिसा तर्फ जाँदै गरको बेचु कुमरले चलाएको प ६२८६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।

    दुर्घटनामा घाइते भएका बेचु कुमरको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको टाउँकोेमा गम्भिर चोट लागेको थियो । त्यस्तै अर्का चालक हरि राउतलाई दुधौली प्रयाग अस्पतालमा उपचार भइरहेको छ । घाइते राउतको दाया खुट्टा भाँचिएको छ । दुईवटै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।