• फागुन ३, सिन्धुली/सिन्धुलीमा एक महिनामा सवारी कारबाहीबाट २० लाख भन्दा बढि राजस्व संकलन भएको छ । माघ महिनामा जिल्ला ट्राफिक कार्यलय सिन्धुलीले ट्राफिक नियम उल्लंघन गरी सञ्चालन भएका सवारी साधन कारबाहीबाट २० लाख ३५ हजार ५ सय राजस्व संकलन गरेको हो ।

    माघ महिनामा २ हजार ६ सय ७३ वटा सवारी कारबाहीबाट सो राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यलय सिन्धुलीका प्रमुख यज्ञ बहादुर पालले जानकारी दिनुभयो । सवैभन्दा बढी ७ सय ७१ वटा मोटरसाइकल कारबाहीमा पर्दा ५ लाख २० हजार ५ सय राजस्व संकलन भएको छ भने ५ सय ८० वटा जिपकार कारबाहीबाट ३ लाख ८५ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यलयले जनाएको छ ।

    त्यस्तै ४ सय २८ वटा ट्रक कारबाहीमा पर्दा ३ लाख ८० हजार ५ सय,३ सय ७५ वटा वस कारवाहीबाट ३ लाख ४३ हजार,२ सय २२ वटा ट्याक्टर कारबाहीबाट १ लाख ७३ हजारर ५ सय र अटो तथा अन्य ३ सय १७ वटा सवारी साधन कारबाहीबाट २ लाख ३३ हजार राजस्व संकलन भएको छ । सवारी साधन अनुमति पत्र नभएका,बढी यात्रु बोकेका,हेलमेट नलगाएको, ओभर लोड तथा ओभर स्पिड सवारी साधन चलाउने चालकहरुलाई कारबाही गरिएको ट्राफिक प्रमुख पालले बताउनु भयो ।

    यसैबिच माघ महिनामा ११ वटा सवारी साधन दुर्घटना हुँदा १ जना पुरुषको ज्यान गएको छ भने २० जना मानिस घाइते भएका छन् ।