• फागुन १,सिन्धुली /कमलामाई नगरपालिका –५ नम्बर वडाको नव निर्मित प्रशासनिक भवनको आज वडा अध्यक्ष पुर्ण बहादुर खड्काले एक औपचारिक कार्यक्रमका बिच समुद्घाटन गनुभएको छ ।
    स्लेट–सिर्जना–रामबोले जेभीले २०७९ चैत ११ गते २ बर्षमा निर्माण सम्पन्न गरिने गरी सम्झौँता गरेपनि ठेकेदारले ९ महिना समय अगावै भवन निर्माण सम्पन्न गरेर हस्तानतरण गरेका थिए । अध्यक्ष खड्काले औपचारिक रुपमा भवनको उद्घाटन गर्नुभए सँगैै वडाले आजै आफ्नै भवनबाट सेवा दिन सुरु गरेको वडा सचिव उद्धव बिक्रम थापाले जानकारी दिनुभयो ।
    वडा अध्यक्ष खड्काले निर्माण कम्पनीका उद्धव दाहाल लगायत भवन निर्माणमा सहयोग गर्ने सम्पुर्ण निकाय र जनप्रतिनिधिहरूलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
    स्थानियतह लागु भएको करिब ७ बर्ष पश्चात कमलामाई नगरपालिका वडा नम्बर ५ ले आफ्नै भवनबाट सेवा दिन सूरु गरेको हो । सघन शहरी तथा भवन निर्माण आयोजना रामेछापको १ करोड ३० लाख लागतमा भवन निर्माण सम्पन्न भएको हो ।