• माघ २६, सिन्धुली/कमलामाई नगरपालिका ५ मा रहेको सरस्वती आधारभूत विद्यालय शाखाजोरमा शैक्षिक मेला २०८० सम्पन्न गरिएको छ । बालबालिकाहरुले सिकेका विभिन्न सिपलाई प्रदर्शनीमा राखीएका थिए ।

    बहुकक्षा बहुस्तर शिक्षण कार्यक्रम (एमजीएमएल) कार्यक्रम अन्तर्गत शैक्षिक मेला सञ्चालन गरिएको हो । मेलामा बालबालिकाले सिकेका नेपाली, अंग्रेजी, विज्ञान, समाजिक तथा शारिरिक विषयका ज्ञानहरुलाई खेलको माध्यमबाट सिकाई सिक्न १३ ओटा स्टलहरु राखिएका थिए ।

    कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेल, उपप्रमुख मञ्जु देवकोटा, वडा नं. ५ का वडाध्यक्ष पूर्णबहादुर खड्का, जिल्लाका विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी र अभिभावकहरुले मेलाको अवलोकन गर्नुभएको थियो । मेला अवलोकन गर्नु हुँदै नगरप्रमुखले एमजिएमएल कार्यक्रम बालबालिकाहरुका लागि निक्कै प्रभावकारी रहेको र यस्ता शैक्षिक मेलाहरुले बालबालिकाको सिकाई क्षमता विकास हुने प्रतिक्रिया दिनुभयो ।

    बालबालिकाहरुले निर्माण गरेका विभिन्न शैक्षिक समाग्रिहरुले बालबालिकाहरुले पढेर भन्दा पनि गरेर सिक्दा दिगो सिकाई हुने नगर प्रमुख पोखरेलले वताउनुभयो । शिक्षक, बालबालिका, अभिभावकको सक्रिय सहभागिताले कार्यक्रम उत्कृष्ठ र प्रभावकारी भएको नगर प्रमुख पोखरेलले वताउनुभयो ।

    कमलामाई नगरपालिका अन्तर्गत ६ ओटा आधारभूत विद्यालयमा एमजीएमएल कार्यक्रम सञ्चालित रहेको छ । एलजीएमएल कार्यक्रम सञ्चालन भएका सबै विद्यालयले शैक्षिक मेला सञ्चालन गर्ने छन् । बालबालिका अभावमा कमलामाई नगरपालिकाले विद्यालय गाभ्ने निर्णय गरिएको सरस्वती आधाभूत विद्यालय यहाँका अभिभावक र शिक्षकको सक्रियतामा पठनपाठनलाई प्रभावकारी रुपमा सञ्चाल गरेर नगरपालिकाको उत्कृष्ठ विद्यालय बन्न सफल भएको विद्यालयको प्रधानध्यापक सावित्रा थापा मगरले जानकारी दिनुभयो ।