• माघ २३, सिन्धुली/सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड सिन्धुलीको आज ‘बिमा साक्षरता’ कार्यक्रम सम्पन्न भएको छ । सूर्यज्योति लाईफ इन्स्योरेन्स सिन्धुलीका शाखा प्रमुख बिष्णु ढकालको अध्यक्षता तथा सूर्यज्योति लाईफका मधेश प्रदेशका क्षेत्रिय प्रमुख सन्तोष कुमार तिवारीको प्रमुख आतिथ्यतामा ‘बिमा साक्षरता’सम्पन्न भएको हो ।
    कार्यक्रममा क्षेत्रिय प्रमुख सन्तोष कुमार तिवारीले जीवन बिमाको महत्व र जीवन बीमाले मानविय जीवनमा प्रदान गर्ने फाईदाहरुको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले जीवन बीमाको पहुँचलाई सम्पुर्ण जनमानसमा पु¥याउने उद्देश्यका साथ जीवन बीमासँग सम्बन्धित विषयमा सचेतना कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो ।
    सिन्धुली शाखा प्रमुख बिष्णु ढकालले मानिसको जीवनमा अनेकन प्रकारका विपत्तिहरु आउँदा विपत्तिहरुसँग सामना गर्न सक्ने क्षमता जीवन बीमाले प्रदान गर्ने धारणा राख्नुभयो । “ जीवन बीमाले आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिनुका साथै पूजी निमार्ण, करमा छुट जस्ता महत्वपूर्ण फाईदाहरु प्रदान गर्छ । त्यसैले जीवन बिमा अनिवार्य बचत एंव आश्रितहरुको भलाईको व्यवस्था हुने उत्तम उपाय पनि हो ।; उहाँले भन्नुभयो ।
    साथै शाखा प्रमुख ढकालले सूर्यज्योति लाईफ इन्स्योरेन्सको जुनसुकै विमा योजनाहरु ढुक्क भएर बीमालेख खरिद गर्न समेत अपिल गर्नुभएको छ । कार्यक्रम सञ्चालन सिन्धुली शाखाको विक्री कार्यकारी प्रमुख प्रविन रुवाले मगरले गर्नु भएको थियो ।
    कार्यक्रममा फर्निचर तथा ग्रिल व्यवसायी संघमा आवद्द व्यवसायी तथा कर्मचारीहरु र विद्यार्थीहरुको सहभागिता रहेको सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनीका सुवास श्रेष्ठले जानकारी दिनुभयो ।