• माघ २२, सिन्धुली/जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा जातीय विभेद विरुद्ध सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । आज प्रमुख जिल्ला अधिकारी भरत खनालको अध्यक्षता तथा दलित आयोगका सदस्य माननीय सुन्दर पुर्कुटीको उपस्थितिमा जातीय विभेद विरुद्ध सरोकारवालासँग छलफल गरिएको हो ।

    अन्तरक्रिया कार्यक्रमममा सिन्धुलीमा जातीय छुवाछुत सम्बन्धि घटनाका बारेमा जानकारी तथा छलफल, थर परिवर्तन गरेर नागरिकता बनाउने सम्बन्धि छलफल र दलितका मुद्धाहरुलाई प्रभावकारी रुपमा कार्यान्वय गर्न सम्बन्धित निकायलाई सुझाव राखेका थिए । छलफलमा प्रहरी उपरिक्षक राजकुमार सिलवाल, सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेल, जिल्ला अदालथका स्रेस्तेदार विदुर कोईराला, दलित सेवा संघ सिन्धुलीका अध्यक्ष हेमलाल वि।क। लगायत सरोकारवालहरु सहभागिता रहेको थियो ।

    दलित आयोगका सदस्य माननीय पुर्कुटीले सिन्धुलीको मरिण गाउँपालिकामा पनि सरोकारवालासँग छलफल गर्नु भएको थियो । हिजोबाट बाग्मती प्रदेश प्रहरी कार्यालय, प्रदेश न्यायधिवक्ताको कार्यालय, बाग्मती प्रदेश मानव अधिकार आयोग र दलित अगुवासँग छलफलबाट सुरु भएको अन्तरक्रिया कार्यक्रम रामेछाप, दोलखा र सिन्धुपाल्चोकका विभिन्न स्थानमा सरोकारावासँग छलफल गर्ने कार्यक्रम रहेको माननीय सदस्य पुर्कुटीले जानकारी दिनुयभो ।