जनताको अधिकारका लागि काँग्रेसले धेरै संघर्ष गरेको छ : काँग्रेस नेता सिंह

माघ १९, सिन्धुली/नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले जनताको अधिकार प्राप्तिका लागि नेपाली काँग्रेसले धेरै संघर्ष गरेको बताउनुभएको छ ।

काँग्रेसको ‘समुदायमा कांग्रेस अभियान’ अन्तर्गत नेपाली कांग्रेस सिन्धुलीले शुक्रबार पार्टी कार्यालयमा आयोजना गरेको छलफल तथा अन्तरकृया कार्यक्रममा बोल्दै पूर्वमहामन्त्री सिंहले जनतालाई अधिकार दिलाउन नेपाली काँग्रेसले सबैभन्दा बढी संघर्ष गरेको हुनाले काँग्रेसप्रति जनताको आशा पनि बढी नै भएको बताउनुभयो । नेपालमा प्रजातन्त्र ल्याउने पार्टी पनि नेपाली कांग्रेस नै भएकाले काँग्रेसप्रति जनताको आसा बढ्नु स्वाभाविक रहेकोे वहाँको भनाई छ ।

एकआपसमा आरोप प्रत्यारोप संगै आक्षेप लगाएर पार्टी उँभो नलाग्ने भन्दै उहाँले कार्यकर्तामा नैराश्यता आउन दिन नहुने धारणा राख्नुभयो । कांग्रेस सिन्धुलीले माघ १३ गतेबाट सन्चालन गरिरहेकोे ‘समुदायमा कांग्रेस अभियान’ अन्तर्गत नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यता तथा कांग्रेस सिन्धुलीका सभापति उपेन्द्र कुमार पोखरेलको अध्यक्षतामा छलफल तथा अन्तरकृया गरिएको हो ।

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश समितिका महामन्त्री तथा पूर्व संविधानसभा सदस्य कञ्चन चन्द्र वादेले ‘समुदायमा कांग्रेस अभियान’ ले आन्तरिक कमजोरी सच्याउँदै पार्टीलाई बलियो बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो । नेपाली कांग्रेस सिन्धुलीले अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु तय गरेको छ । अभियान माघ २६ गतेसम्म सञ्चालन हुने काँग्रेस सिन्धुलीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *