• माघ १८, सिन्धुली/भक्तपुर अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टमा पुनः तेस्रो पटक डा. सुमित्रा गौतम नियुक्त हुनु भएको छ । बागमती प्रदेश सरकारले तेस्रो पटक पुनः डा गौतमलाई नेतृत्व गर्ने अवसर प्रदान गरेको हो ।
    सिन्धुली अस्पताल सिन्धुली लगायत अस्पतालको अब्बल नेतृत्व गर्नु भएको विशेषज्ञ डा. गौतमले अस अघि नै दुई पटक भक्तपुर अस्पतालको नेतृत्व गरिसक्नु भएको छ । २०७९ माघ २७ मा ११ औँ तहमा बढुवा हुनु भएको विशेषज्ञ चिकित्सक डा गौतम प्रदेशअन्तर्गत नपर्ने भन्दै संघले काज फिर्ता लिएपछि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल असन्तुष्ट रहदै आएका थिए ।
    भक्तपुर अस्पताललाई सर्वोत्कृष्ट बनाउन नेतृत्व लिनुभएको अस्पताल प्रमुखलाई फिर्ता लिन प्रदेश संग परामर्श नगरेको भन्दै मुख्यमन्त्री जमरकटेलले संघीय मन्त्रालयसंग असन्तुष्ट व्यक्त गर्नुभएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुनः डा गौतमलाई प्रदेशमा काज सरुवा गरेसंगै मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले उहाँलाई भक्तपुर अस्पतालको मेसुमा पदस्थापन गरेको हो ।
    भक्तपुर अस्पताललाई बागमती प्रदेश सरकारले महत्वका साथ बिकास गरिरहेको छ । डा गौतम संघीय मन्त्रालयमा तानिएछि भक्तपुर अस्पतालको मेसु भएका डा त्रिभुवन चन्द्र झालाई भने नुवाकोट सरुवा गरिएको जानकारी प्राप्त भएको छ । डा. गौतमको नेतृत्वमा नै सिन्धुली अस्पताल २०७४ मा उत्कृष्ठ भएको थियो भने २०७७ मा भक्तपुर अस्पताल पनि बागमती प्रदेशको उत्कृष्ट अस्पताल घोषणा भएको थियो ।