• माघ १७, दुधौली/दुधौली नगर अस्पताल सिन्धुलीको पहिलो नगर अस्पताल हो । सिर्थाैलीमा निर्माण गरिएको उक्त अस्पतालको यहि माघ २० गते शनिवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुहुनेभएको छ ।

    दुधौली नगरपालिकाका नगर प्रमुख तथा अस्पताल व्यस्थापन समितिका अध्यक्ष दिनेश अधिकारी दनुवारका अनुसार उक्त नगर अस्पतालको भौतिक संरचना केहि महिना अघि नै सम्पन्न भएको हो । तर व्यवस्थापकिय पक्षका साथै प्रमुख अतिथि दाहालको समय व्यस्तताका कारण उद्घाटन गरिएको थिएन । प्रधानमन्त्री प्रचण्डको समय अनुसार अहिले उक्त नगर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

    संघिय स्वास्थ्य मन्त्रालयको अनुदान बजेट १५ करोड ९८ लाख ३६ हजार ७ सय ९३ रुपैयाँ ४८ पैसामा न्यू ड्राइगन निर्माण सेवा प्रालिले अस्पताल भवनको निर्माण गरेको हो । अस्पतालको बाहिरी संरचनाको निर्माण कार्य सम्पन्न भए पनि रेलिङ, लिफ्ट लगायत धेरै इक्युप्मेन्टको आवस्यकता रहेको नगर उपप्रमुख चन्द्रकिशोर थारुले बताउनुभयो । दुधौली नगरपालिका भित्र नगर अस्पताल निर्माण हुने भएपछि दुधौली नगरपालिकाको आर्थिक सहयोगमा जग्गा खरिद गरी भवन निर्माण भएको अस्पतालका फोकल पर्शन अर्जुन कार्कीले जानकारी दिनुभयो ।

    अस्पताल उद्वघानको लागि व्यवस्थापकिय पक्षबाट सामान्य प्राबिधिक पाटो बाहेक सम्पूर्ण कार्य सम्पन्न भएको फोकल पर्शन कार्कीको भनाई छ । दुधौली नगर अस्पताल संचालनमा आएपछि दुधौली नगरपालिका भित्रका स्थानीय संगै छिमेकी जिल्लाका सेवाग्राहीहरुलाई समेत सेवा लिन सहज हुनेछ ।