• माघ ११, सिन्धुली/कमलामाई नगरपालिका वडा नम्बर ५ को नवनिर्मित कार्यालय भवन हस्तानतरण गरिएको छ । भवन निर्माण सम्पन्न भएसँगै निर्माण कम्पनीद्धारा कमलामाई नगरपालिका ५ नम्बर वडाका वडा अध्यक्ष पुर्ण बहादुर खड्का, सचिव उज्वल विक्रम थापालाई भवन हस्तानतरण गरिएको हो ।
    स्थानीयतह बनेको ६ बर्षपछि वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रदान गर्ने भएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना रामेछापको १ करोड ३० लाख लागतमा भवन निर्माण सम्पन्न भएको वडा अध्यक्ष पुर्ण बहादुर खड्काले बताउनु भयो ।
    स्लेट–सिर्जना–रामबोले जेभीले २०७९ चैत ११ गते २ बर्षमा निर्माण सम्पन्न गरिने गरी वडा कार्यालयसँग निर्माणको लागि सम्झौता भएको थियो । भवनको निर्माण जिम्मा पाएको कम्पनीले समय अगावै वडाको प्रशासनिक भवन निर्माण सम्पन्न गरेर बिहिबार हस्तानतरण गरेको हो ।
    उक्त अवसरमा वडा अध्यक्ष खड्काले निर्माण कम्पनीका उद्धव दाहाल लगायत भवन निर्माणमा सहयोग गर्ने सबै निकाय र प्रतिनिधिहरूलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
    भवन केही दिनमानै विशेष समारोहका विच उद्घाटन गरि प्रशासनिक काम सुरू गरिने अध्यक्ष खड्काले बताउनु भयो ।