• माघ १०,सिन्धुली/सिन्धुलीमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा मंगलबार एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मोटर साइकलमा सवार रौतहट जिल्लाका ६३ बर्षीय रने तामाङको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

    मदन भण्डारी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका वडा नम्बर ९ कोरुङखोलामा डकाहाबाट भिमान तर्फ आउँदै गरेको दुधौली नगरपालिका २ भलुवाहिका ४५ बर्षीय पुष्पलाल अधिकारीले चलाएको प्रदेश २—०४—००१ त ००१० नम्बरको ट्याक्टर विपरित दिशातर्फ जाँदै गरेको ना ११ प ५७५० नम्बरको मोटरसाइकल सँग ठोक्किएको थियो ।

    दुर्घटनामा परी मोटरसाइकलमा सवार गम्भिर घाइते भएका तामाङको उपचारको क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक चिरन्जीवी दाहालले जानकारी दिनुभयो । मृतकको टाउको र अनुहारमा गम्भिर चोट लागेको थियो ।

    त्यस्तै मोटर साइकल चालक मकवानपुर जिल्लाका ६३ बर्षीय बिष्णु बहादुर थिङ घाइते भएका छन् । घाइतेको दाइने खुट्टामा चोट लागेको छ । प्रहरीले ट्याक्टर र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।