• माघ १०,सिन्धुली सिन्धुलीमा मंगलबार एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । दुधौली नगरपालिका वडा नम्बर १३ का ५० बर्षीय गणेष विक मृत अवस्थामा फेला परेका हुन् ।

    वडा नम्बर ९ स्थित हाट बजार लाग्ने स्थानमा जस्ताको टहरोमा सुतिरहेको ठाउँमा मृत अवस्थामा स्थानीयले फेला पारेर खबर गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक चिरन्जीवी दाहालले जानकारी दिनुभयो ।

    मृतकको शव पोषमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा राखिएको छ ।