• माघ ५,सिन्धुली/सुनकोशी गाउँपालिका वडा नम्बर १ बसेरी स्थित लक्ष्मीमाया घिसिङ माथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट बसेरीकी ५५ बर्षीया घिसिङ गम्भीर घाइते हुनुभएको छ ।

    उहाँलाई सोहि स्थानकी ५५ वर्षीया धनमाया मोक्तानले पानीको धाराको विषयलाई लिएर धारिलो हतियार खुकुरी प्रहार गर्दा घिसिङको टाउको र बायाँ गालामा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक चिरन्जीवी दाहालले जानकारी दिनुभयो ।

    खुकुरी प्रहारबाट गम्भीर घाइते घिसिङको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने महिलालाई खुकुरी सहित जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।