• माघ २, सिन्धुली/राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीको अध्यक्षमा अरुण कुमार पाख्रिन चयन हुनुभएको छ । राष्ट्रिय युवा संघ सिन्धुली जिल्ला कमिटिले सोमबार नयाँ कमिटिको नाम सार्बजनिक गरेको हो ।
    अरुण कुमार पाख्रिनको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कमिटी टुङ्गो लागेको जनाइएको छ । उपाध्यक्षमा पोष्टराज काफ्ले,सचिवमा श्रवण कुमार नेवा खड्गी, सह सचिवमा शिव बराल, मनोज कुमार दर्लामी, कोषाध्यक्षमा प्रमोद भुजेल सहित ५१ सदस्यीय चयन भएका हुन् ।
    ९ बर्षपछि गत भदौ १७ र १८ गते ९ औँ अधिवेशनको आयोजना गरिए पनि नयाँ कमिटि टुङ्ग्याउन नसकेपछि अधिवेशन स्थगित गरिएको थियो । करिब ४ महिना पछि राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीको नयाँ कमिटि टुङ्गिएको हो ।