• पुस २८, सिन्धुली/सिन्धुली होटल व्यवसायी संघ सिन्धुलीको अध्यक्षमा सिताराम पहाडी सर्वसम्मत निर्वाचित हुनु भएको छ । आज सिन्धुलीमाढीमा सम्पन्न नवौँ साधारण सभा तथा पाँचौ जिल्ला अधिवेशनबाट पहाडीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
    नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा रामहरि देवकोटा, उपाध्यक्षमा विजय कुमार बस्नेत, महासचिवमा लालबहादुर बुढाथोकी, सचिवमा राजकुमार मैनाली, कोषाध्यक्षमा लालमान तामाङ, सह–कोषाध्यक्षमा रामचन्द्र बहादुर कार्की सर्वसम्मत चयन हुनु भएको छ ।
    सदस्यहरुमा जगदिश श्रेष्ठ, प्रेमबहादुर श्रेष्ठ, धनमान तामाङ, दिनेश भण्डारी, दुर्गा आचार्य, कल्पना जर्घा मगर सर्वसम्मत चयन हुनु भएको छ । समितिले सदस्यमा महेश भुषाल र कपेन्द्र कुमार लामालाई मनोनित गरेको छ ।
    साधारण सभाबाट संघको नाम परिवर्तन गरेर होटल तथा पर्यटन व्यवसायी संघ सिन्धुली राख्ने प्रस्ताव गरिएको नवनिर्वाचित अध्यक्ष सिताराम पहाडीले जानकारी दिनुभयो । संघको स्थापनाकालमा थोरै संख्या रहेकोमा हाल होटल व्यवसाय क्षेत्र फराकिलो भएर पर्यटन प्रवद्र्धन कार्यमा ठूला व्यवसायिहरु समेत सहभागि भई ठूला लगानी र रोजगारी सिर्जना गर्दै गएकाले यस संस्थाको हालको नामले साँघुरो दायरालाई मात्र सम्बोधन गरेकोले नाम संशोधन गर्न लागेको अध्यक्ष पहाडीले वताउनुभयो ।