• पुष २८, सिन्धुली/भगवती अंग्रेजी आवसीय माध्यमिक विद्यालय ले सिन्धुलीमा रहेका ४६ घर परिवार मुसहरलाई न्यानो कपडा वितरण गरेको छ ।

    अत्याधिक चिसो बढ्दा न्यानो कपडाको अभावमा कठ्यांग्रीएर रात काट्न बाध्य सिन्धुलीको दुधौली नगरपालिका ४ डकाहका विपन्न ४६ घरधुरी मुसहरलाई विद्यालयले फाइबर सिरक र डस्ना सहयोग गरेको हो । शुक्रबार विपन्न दलित समुदायको मुसहरहरुलाई घरमै पुगेर फाइबरको सिरक र डस्ना सहयोग गरेको विद्यालयका प्रिन्सिपल कृष्ण कुमार उप्रेतीले जानकारी दिनुभयो ।

    अत्याधिक चिसो बढ्दै गएपछि मुसहर समुदायका बृद्ध तथा बालबालिकाहरु विरामी पर्न थालेको जानकारी भगवती माविका अध्यक्ष संजय दाहाल, प्रिन्सिपल कृष्ण उप्रेती, आर्थिक प्रशासन प्रमुख रमाकान्त सुवेधी विद्यालयका फाउण्डर गोपाल पौडेल लगायतले मुसहरको घरघरमै पुगेर फाइबरको सिरक र डस्ना वितरण गरेका हुन् ।

    जाडोका कारण मुसहरहरु गुइठा बालेर र जागग्राम बसेर रात काट्न बाध्य थिए । न्यानो कपडा वितरण पछि मुसहरहरुका ४६ घरका २ सय ३० जनालाई राहात पुग्ने विश्वास गरिएको छ । भगवती माविले विगत ३० वर्षदेखि हरेक वर्ष सामाजीक कार्यमा समेत सहभागती जनाउँदै आएको छ ।

    विद्यालयले यस अघि देखिनै द्धन्द्ध पिडित तथा अनाथ बालबालिकाहरुलाई निःशुल्क पठनपाठन गराउनुका साथै बाढीपिडित, आगलागी पिडीतका साथै सामुदायिक विद्यालयका विपन्न बालबालिकाहरुलाई समेत सहयोग गर्दै आएको विद्यालयका अध्यक्ष संजय कुमार दाहालले बताउनुभयो ।