• पुस २२, सिन्धुली/मरिण गाउँपालिकामा प्रहरीले अवैधानिक रुपमा रोपिएको गाँजा खेति नष्ट गर्न सुरु गरेको छ ।

    ईलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरिक्षक धर्मराज खत्रीको नेतृत्वमा आइतबार वडा नम्बर ३ बरुणमा ७ कठ्ठा जमिनमा लगाएको गाँजा खेति नष्ट गरेका हुन् ।

    वरुण स्थित २ स्थानमा गरी प्रहरीले ५ हजार भन्दा बढी गाँजाको बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नावय उपरिक्षक चिरन्जीवी दाहालले जानकारी दिनुभयो ।
    आज विहानै गाँजा नष्ट गर्न प्रहरी पुग्दा मानिसहरू घरबाट निस्केका थिएन्। कसले गाँजा रोपेको हो यकिन हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीले गाँजा लाई नष्ट गरेर आगो लगाइदिएको छ ।