• पुस ९, सिन्धुली/सुनकोशी गाउँपालिका ३, बोहोरेटार स्थित वि.पि. राजमार्गमा मोटर साईकल र बस ठोक्किदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
    मृत्यु हुनेमा खोटाङ जिल्ला दिक्तेल नगरपालिका १० का १८ वषिया मुनाकला राई र खोटाङ हलेसी तुवाचुङ नगरपालिका १ का २० बर्षिय सुसन राई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
    आज विहान मन्थलीबाट काठमाण्डौं तर्फ जादै गरेको मन्थली न.पा. १३ का रुपेश अधिकारीले चलाएको बा. ०१–००६ ख ४५९१ नम्बरको बसर र विपरित दिशाबाट आउँदै गरको सुसन राईले चलाएको बा ६० प ३५४५ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव निरिक्षक चिरञ्जीवि दाहालले जनाकारी दिनुभयो ।
    दुर्घटा पश्चत ठक्कर दिने गाडीमा स्थानीयले आग्जनी गरेर राजमार्ग अबरुद्ध गरेका छन् । बोहोरेटार क्षेत्रमा तिब्र गतिका कारण पटक पटक दुर्घटा हुने गरेको छ । बजार क्षेत्रमा तिब्र गतिको कारण दुर्घटना भएको भन्दै स्थानीय राजमार्ग अबरुद्ध गरेका हुन् ।