-
पुस ८, सिन्धुली/सिन्धुली सदरमुकाम नजिककै रहेको कमालामाई नगरपालिका वडा नं. ४ ढकालगाउँमा गाउँलेले ३ दिन देखि एक महिलाई नियन्त्रणमा लिई निर्घात कुटपिट गरेका छन् ।
News Desk 0 response आइतवार, पुस ८, २०८०
ढकालगाउँकी सारदा थापालाई विगत ३ दिन देखि नियन्त्रणमा लिई उनकै घरको थाममा बाँधी इश्वर कुमार पाख्रेल, लक्ष्मी पोख्रेल, मिलन देवकोटा लगायतले निर्घात कुटपिट गरेको पिडित बताउनुभएको छ । पिडित महिला हाल सिन्धुली अस्पतालमा उपचार गराई रहनु भएको छ ।
पिडित सारदा थापाको श्रीमान सन्तोष थापाले लिएको ऋण नतिरेको भन्दै दुई दिनसम्म श्रीमान, श्रीमतीलाई नै घरको थाममा बाँधी दिन रात कुटपिट गरेको र पछिल्लो दिन श्रीमतीलाई मात्र निर्घात कुटपिट गरेको पिडित थापाले वताउनु भयो ।
थापा दम्पत्तिवीच विवाद भएर डिभोर्सको लागि सिन्धुली जिल्ला अदालतमा मुद्धा चलिरहेको छ । “आज (आईतवार) सिन्धुली जिल्ला अदालतमा डिभोर्स मुद्धाको सुनुवाई थियो । मलाई इश्वर कुमार पाखेल, मिलन देवकोटा, निकेश ढकाल लगायतले अदालतमा हाजिर गराई गाडीमा हाली पुनः ढकालगाउँमा नै पु¥याई मलाई मुक्का, लात्ति, लौरोले पिट्यो ।” पिडित महिला थापाले भन्नुभयो । “यसलाई मारेर मृत्यु दर्ता गर्नुपर्छ अनि मात्र हाम्रो पैसा आउँछ भन्दै इश्वर कुमार पोख्रेल, लक्ष्मी पाख्रेलले कुटपिट ग¥यो ।” पिडित थापाले भन्नुभयो ।
घटना भएको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजकुमार सिलवालको नेतृत्वमा गएको प्रहरी टोलिले पिडित महिलालाई उद्धार गरेको र अभियुक्त ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी कार्यालयले जनाएको छ ।
पिडित महिलाले पहिला जिल्ला प्रहरी कार्यालयमा श्रीमान व्यपत्ता भएको निवेदन दिएको र उहाँको श्रीमान सन्तोष थापा भेटिएपछि सारदा थापालाई खबर गर्नलाई फोन गर्दा फोन अफ भएपछि सरदा थापाले झुटो उजुरी गरेको जस्तो लागेको थियो तर फोन नै पिडकहरुले नै नियन्त्रणमा लिएको पाईएको प्रहरी उपरिक्षक सिलवाले वताउनुभयो ।
पिडित महिलालाई श्रीमानसँग डिभोर्स नगरी भएका जग्गा जमिन विक्रि गरेर लिएको सापर्टी ऋण फिर्ता गराउन दवाव दिन महिलालाई नियन्त्रणमा लिएको पिडितका आफन्तले वताएका छन् ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२