मन्त्री श्रेष्ठ आफै थामी गाउँमा न्यानो फाइबर सिरक वितरण गर्न पुगे


पुस ७, सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर ७ का थामी गाउँका ५१ परिवारलाई फाइबर सिरक वितरण गरिएको छ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले गाउँमै पुगेर फाइबर सिरक वितरण गर्नुभएको हो ।
चिसो बढे सँगै आर्थिक स्तर न्युन भएका परिवारको लागि फाईबार सिरक वितरण गरिएको मन्त्री श्रेष्ठले बताउनु भयो । मन्त्री श्रेष्ठले आफुले नेतृत्व गरिरहेको मन्त्रालयको बजेटमा अतिसिमान्तकृत लोपोन्मुख थामी जानिलाई न्यानो ओढ्ने सिरक वितरण गरेर घरमा थामी परिवारमा न्यायो भित्र्याउन पाएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो “जाडोमा अतिसिमान्तकृत जातिहरुको घरमा थोरै भएपनि खुसी बाड्नको निम्ती न्योनो फाइबर सिरक वितरण गरेका हौँ । तथ्याङ्क हेर्दा ५१ परिवार बसोबास गरेको थामि गाउँमा प्रत्येक परिवारलाई २/२ वटा सिरक वितरण गरिएको छ ।”
बागति प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत बागतमी प्रदेशका जिल्लाहरुमा पहिलो चरणमा लोपन्मुख जातिहरु थामि, हायु लगायत अन्य जातिहरु बनकरिया परिवारलाई न्यानो फाइबर सिरक बाड्ने कार्यक्रम रहेको मन्त्री श्रेष्ठले बताउनु भयो ।
पहिलो चरणको कार्यक्रममा सिन्धुलीको घ्याङलेख गाउँपालिकाको वडा नम्बर २ को बस्तिपुरमा बसोबास गदैँ आएका थामीका ९३ घरपरिवार र कमलामाई नगरपालिका वडा नम्बर १ कोप्चेका १ सय २० हायु परिवारलाई पुस ६ गते –हिजो) सिरक वितरण गरिएको थिायो र आज मरिण गाउँपालिकाको वडा नम्बर ७ का थामी गाउँका ५१ परिवार लाई सिरक वितरण गरिएको हो । मन्त्री श्रेष्ठ सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ को ख का (सोहि क्षेत्र) का सांसद समेत हुन् ।
उक्त कार्यक्रममा मन्त्री श्रेष्ठले घ्याङलेख गाउँपालिकाको वडा नम्बर २ बस्तिपुरमा निर्माणाधिन थामी सङ्ग्राहलयलाई बागमती प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ ।
मरिण गाउँपालिकाका अध्यक्ष प्रख्यात कोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा मरिण गाउँपालिकाका माओवादी केन्द्रका अध्यक्ष काजीमान थिङ, प्रमुख प्रशासकिय अधिकृत ओम दर्जी लगायतको उपस्थिती रहको थियो । जाडोमा मन्त्री आफै सिरक बाड्न आउँदा स्थानीय भने हर्षित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *