• पुस ६, सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकामा आजबाट चौथौ मरिण महोत्सव सुरु भएको छ । सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सदस्य लेखनाथ दाहाल (राजन) ले चौथो मरिण महोत्सवको उद्घाटन गर्नुभएको हो ।

    उद्योग बाणिज्य संघ नेपाल मरिण शाखाको आयोजना तथा मरिण गाउँपालिकाको आर्थिक सहयोगमा महोत्सव सन्चालन गरिएको छ । उद्योग बाणिज्य संघ नेपाल मरिण शाखाका अध्यक्ष चिनध्वज बोम्जनको अध्यक्षता तथा सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सदस्य लेखनाथ दाहाल (राजन) प्रमुख आतिथ्यता एक समारोहका बिच महोत्सवको उद्घाटन गरिएको हो ।
    कार्यक्रम लाई सम्बोधन गर्नुहुँदै सांसद दाहालले महोत्सवलाई जात्रा सँग तुलना गर्न नमिल्ने बताउनु भएको छ । उहाँले जात्रा अलि बढि विकृति र मनोरन्जन सँग जोडिन्थे भने महोत्सव विशेषगरी स्थानीय स्तरमा उत्पादन बस्तुको बजारीकरण गर्ने, कला, प्रतिभालाई केन्द्रिकरण गर्ने र प्रदर्शन गर्ने ठाउँ रहेको बताउनु भयो ।
    मनोरन्जनबाट सिक्ने र सिकाउने माध्यम महोत्सव बनेको दाहालको भनाई छ । सिन्धुली उद्योग बाणिज्य संघको एउटा मात्रै मरिण शाखाले स्थानिय उत्पादन, पर्यटन क्षेत्र प्रवद्र्धनका लागि जिल्लाकै सरह महोत्सव सन्चालन गर्दै आइरहेको सांसद दाहालले दाबी गर्नुभयो ।
    मरिणका जनताले आवश्यकता भएर नै विकास निर्माणका लागि बजेट माग गरेका हुन् भन्नुहुँदै दाहालले नेपाल सरकारसँग भएको स्रोत साधन जनताको पहुँच सम्म ल्याउने र जनताको समस्या सरकार समक्ष पु¥याउने सरकार र जनताबिचको पक्की पुलको काममा अब्बल भूमिका निर्वाह गर्ने पनि दाहालले प्रतिबद्धता गर्नुभयो ।

    बागमती प्रदेश सभा सदस्य मातृका भट्टराईले उद्योग बाणिज्य संघलाई स्थानिय उत्पादनलाई बढाएर आयातलाई रोक लगाउन आग्रह गर्नुभयो । आयात बढि र निर्यात सुन्य भएपछि ठुला विकास निर्माणले खासै अर्थ नराख्ने भट्टराईले बताउनु भयो ।
    “स्थानीय स्रोत साधनको प्रयोग गरी स्थानीय उत्पादनलाई प्रवर्धन र प्रोत्साहन गरौँ”भन्ने मुल नारा सहित आज बाट सन्चालन भएको मरिण महोत्सवमा १ सय वटा स्टलमा १० वटा स्थानिय उत्पादन प्रदर्शनको लागि नि:शुल्क उपलब्ध गराइएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ, माओवादी केन्द्रका जिल्ला संयोजक पानीराज बोम्जन, मरिण गाउँपालिकाका अध्यक्ष प्रख्यात मोक्तानले शुभकामना मन्तव्य राख्नुभएको छ ।