• पुस ५, सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकामा शुक्रबार (भोली) देखि चौथो मरिण महोत्सव हुँदै छ । चौथो मरिण महोत्सवको नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
    “स्थानीय स्रोत साधनको प्रयोग गरी स्थानीय उत्पादनलाई प्रवर्धन र प्रोत्साहन गरौँ”भन्ने मुल नारा सहित उद्योग वाणिज्य संघ मरिण शाखाको आयोजना तथा मरिण गाउँपालिकाको आर्थिक सहयोगमा महोत्सव आयोजना गरिएको उद्योग हो । भोलि बाट हुने महोत्सवको सम्पुर्ण तयारी पूरा भएको उद्योग वाणिज्य संघ मरिणका अध्यक्ष चिनध्वज बोम्जनले बताउनु भयो ।
    महोत्सवमा स्थानीय कृषि उत्पादन प्रवर्धनमा विशेष प्राथमिकता राखिएको छ । स्थानीय कृषि उत्पादन प्रवर्धनको लागि १० वटा स्टल कृषकहरुलाई निशुल्क उपलब्ध गराइने अध्यक्ष बोम्जनले जानकारी दिनुभयो । महोत्सवमा जम्मा १५० वटा स्टल राखिने छ । भोलिबाट १६ गते सम्म सन्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरूबाट साङ्गीतिक मनोरञ्जन दिनेछन् ।
    यसैबिच मरिण गाउँपालिकाले भोलि सार्बजनिक विदा दिएको छ । “स्थानीय स्रोत साधनको प्रयोग गरी स्थानीय उत्पादनलाई प्रवर्धन र प्रोत्साहन गरौँ” भन्ने मुल नारा सहित भोलिबाट सुरु हुने चौथो मरिण महोत्सवको उद्घाटनको दिन विदा दिइएको प्रमुख प्रशासकिय अधिकृत ओम दर्जिले जानकारी दिनुभयो ।
    मरिण गाउँ कार्यपालिकाको बैठकले सामुदायिक विद्यालयमाका सम्पुर्ण शिक्षक,विद्यार्थीहरुलाई उपस्थितीका लागि एक दिन सार्बजनिक बिदा दिने निर्णय गरेको हो ।