• पुस ४, सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमान स्थित एक होटलमा एक बालिकालाई जवरजस्ति करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

    जबरजस्ति करणीको अभियोगमा धनुषा जिल्ला मिथिला नगरपालिका ३, का ३६ वर्षिय सत्रोधन महत्तो र सोही स्थानका २६ वर्षिय तिलक कुमार महत्तो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

    पुस २ गते बिहान ७ बजेको समयमा धनुषा जिल्ला घर भएकी १५ बर्षिया किशोरी ०८०।०८१ जनकपुर २ लाई ९नाम परिवर्तित० ललाई फकाई घुम्न जाँउ भनि कमलामाई नगरपालिका ९, सिन्धुलीको होटलमा खाजा खाने बाहानामा होटलको कोठामा राखि डरत्रास देखाई जवरजस्ती करणी गरेको भन्दै पिडित बालिकाकोले इलाका प्रहरी कार्यालय भिमान उजुरी गरेकी थिईन् ।

    पक्राउ परका अभियुक्तहरुलाई जिल्ला अदालत सिन्धुलीबाट ५ दिनको म्याद थप गरि अनुसन्धानको लागि थुनामा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरन्जिवी दाहालले जानकारी दिनुभयो ।