जिल्लामै पहिलो पटक वारियर डान्स सेन्टर सिन्धुलीद्धारा सिन्धुली लोक स्टार सिजन १ आयोजना

पुस ४, सिन्धुली/सिन्धुलीमा पहिलो पटक वारियर डान्स सेन्टर सिन्धुलीले सिन्धुली लोक स्टार सिजन १ आयोजना गर्ने भएको छ । वारियर डान्स सेन्टरले सिन्धुलीमाढीमा मंगलबार पत्रकार सम्मेलन मार्फत राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान नेपाल सिन्धुलीको समन्वयमा जिल्ला स्तरिय लोक नृत्य तथा गायन प्रतियोगिता २०८० हुने जानकारी दिएको हो ।
प्रतियोगिता सिन्धुली जिल्ला भित्रका सामुदायिक तथा निजी विद्यालयमा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुको लागि विद्यालयले पाठ्यक्रममा समेत समावेश गरिएको लोक नृत्य तथा लोक गायन पाठ्य सामाग्रीलाई प्रयोगात्मक सिक्नको लागि तथा बौद्धिक तथा विकासमा सघाउ पु¥याउनको उदेश्यले आयोजना गरिएको कार्यक्रम संयोजक सन्तोष नेपालीले बताउनु भयो ।
प्रथम चरणमा सिन्धुलीको ९ वटै पालिकामा नृत्य तथा गायन प्रतियोगिता गरिने छ । पुुस २५ गते घ्याङ्लेख गाउँपालिबाट जिल्लास्तरिय प्रतियोगिताका लागि छनोट सुरु गरिने कार्यक्रम संयोजक नेपालीले बताउनु भयो । ९ वटै पालिकामा प्रथम चरणको प्रतियोगिताबाट प्रथम, दोस्रो र तेस्रो हुने विद्यालय तथा विद्यार्थीलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने नाच तथा गायनमा उत्कृष्ठ हुने विद्यालय र विद्यार्थीलाई जिल्लामा जिल्ला स्तरिय सिफारिस गरिने छ ।
अन्तिम तथा ग्राण्ड फाइनल माघ २७ गते (सोनाम ल्होछार) को दिन हुने आयोजकले जनाएको छ । जसमा पालिकाबाट छनोट भएका ९ उत्कृष्ठ नृत्य र ९ उत्कृष्ठ गायन प्रतियोगिहरु बिच प्रतिष्पर्धा गराइने छ । प्रतियोगिताबाट एक जना नृत्य र एक जना गायन लाई सिन्धुली लोक स्टार सिजन १ को उपाधि प्रदान गरिने वारियर डान्स सेन्टर सिन्धुलीका सन्चालक तथा कार्यक्रम संयोजक सन्तोष नेपालीले जानकारी दिनुभयो । सिन्धुली लोक स्टार सिजन १ को पुरस्कार १ लाख (नृत्य तर्फ ५० हजार र गायन तर्फ ५०) रहेको घोषणा गरिएको छ ।