• पुस २, सिन्धुली/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मरिण गाउँपालिका वडा नम्बर ६ को अध्यक्षमा पन्चमाया तामाङ सर्बसम्मत चयन हुनुभएको छ । आज भएको वडा कमिटिको दोस्रो वडा सम्मेलनबाट पन्चमाया तामाङको अध्यक्षतामा २९ सदस्यीय नयाँ कमिटि चयन भएको हो ।
    नयाँ कमिटिको उपाध्यक्षमा ज्ञान बहादुर वाइवा, सचिवमा बालकृष्ण लाखे, सहसचिवमा चन्द्र बहादुर मुक्तान, कोषाध्यक्षमा सेतिमाया गोले लगायत २९ सदस्यीय नयाँ कमिटि गठन गरिएको छ ।
    माओवादी केन्द्रका केन्द्रिय सदस्य उर्मिला लामाले नवनिर्वाचित कमिटिलाई सपथ खुवाउँदै पार्टी निर्माणको निम्ती सक्रियताका साथ अगाडी बढ्न आग्रह गर्नुभएको छ । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य बुद्धिमान माझि, माओवादी केन्द्रका बागमती प्रदेश सदस्य बिमर्श मोक्तान, मरिण गाउँपालिकाका अध्यक्ष काजिमान थिङ युवा नेता राजकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।