वाइसियल नेपाल सुनकोशी गाउँपालिकाको अध्यक्षमा पुनः पेमा लामा सर्वसम्मत
पुस १, सिन्धुली/योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसियल) सुनकोशी गाउँपालिकाको अध्यक्षमा पुनः पेमा लामा सर्वसम्मत चयन हुनुभएको छ । नेकपा माओवादी केन्द्रका सिन्धुली जिल्ला ईन्चार्ज लेखनाथ दाहाल(राजन)को प्रमुख आतिथ्यतामा भएको वाइसियल नेपाल सुनकोशी गाउँपालिका समितिको आज भएको दोस्रो अधिवेशनबाट पेमा लामाको अध्यक्षतामा ५६ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा वीर बहादुर लामा, बद्ध सिं मोक्तान, गजेन्द्र रायमाझि, सचिवमा दिनेश भण्डारी, सहसचिवमा अन्जु मगर, कोषाध्यक्ष सुभद्रा न्यौपाने, सहकोषाध्यक्ष ढुण्डिराज दाहाल सहित ५६ सदस्यीय समिति चयन गरिएको हो ।
नवनिर्वाचित कार्यसमितिलाई जिल्ला इन्चार्ज लेखनाथ दाहाल(राजन) ले जिल्ला पार्टि निर्माणमा सुनकोशीको वाइसियल युवाहरुको अतुलनिय योगदान रहेको दाबि गर्नुभयो । पार्टिका अघिल्लो नेतृत्वहरु सीपी गजुरेल, ईश्यरी दाहाल, गंगा नारायण लगायतले पार्टी छोड्दै छोड्दै गएको बताउनुहुँदै ईन्चार्ज दाहालले पछिल्लो निर्वाचन सम्म आइपुग्दा हरिबोल गजुरेल पनि अनुपस्थित हुनुभएको बताउनु भयो ।
उहाँले जस्तोसुकै परिस्थितीमा पनि सिन्धुलीमा माओवादी पार्टी बचाएर राख्यौँ यसमा सुनकोशिको मुख्य भुमिका रहेको भन्दै प्रसंसा गर्नुभयो । निर्वाचनको समयमा जिल्लाका जुनसुकै ठाउँमा पनि सुनकोशीको सक्रिय युवाको सहभागिता रहेको दाहालको भनाई छ ।
आगामि दिनमा पनि इतिहासलाई गर्भ गदैँ ढृणताका साथ उभिन उहाँले आग्रह समेत गर्नुभयो । कार्यक्रममा प्रदेश सदस्यहरु दिपा बोहोरा,दिर्बु सिं मोक्तान,वाइसियल नेपाल सिन्धुलीका जिल्ला इन्चार्ज चिरन्जीवी दाहाल लगायतको उपस्थिती रहेको थियो ।