देशको सँस्कृति र संस्कार बचाउने जिम्मा कलाकारहरुको पनि हो : अध्यक्ष मगर

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रिता थापा मगरले देशको सँस्कृति र संस्कारलाई बचाउने तथा प्रबद्धन गर्ने जिम्मा कलाकारहरुको पनि रहेको बताउनु भएको छ । राष्ट्रिय कलाघर सिन्धुलीमा आयोजित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको चौथो पुर्ण बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष मगरले कलाकारले राज्यले हामीलाई के दियो मात्रै हैन राज्यलाई हामीले के दिन सक्यौँ भन्ने मनन गर्न पनि आवश्यक रहेको बताउनु भएको हो ।

कलाकार बन्न काठमान्डौँ छिरेर आफ्नो भविष्य बनाउँदै देश, विदेश धाउन थालियो तर आफ्नो गाउँठाउँको बाउ बाजेले गाउने गरेका लोक गीत संगित तथा सँस्कृतिलाई बिर्सदै गरिरहेको अवस्थामा संस्थागत निर्णय अनुरुप जगेर्ना गर्ने उदेश्यले कुना कन्दरामा पुग्न थालिएको अध्यक्ष मगरको भनाई छ ।

उहाँले भन्नुभयो “ठुला शहरहरुको यात्राको क्रममा हामीले हाम्रो बाउ–बाजेले गाउने गरेका पुराना लोक गित, संगितलाई बिर्सियौँ कि त । हामीले अब चै गाउँ–गाउँमा, ठाउँ–ठाउँमा गएर हाम्रा संकार र संस्कृतिलाई जगेर्ना गर्नुपर्दछ र जगेर्ना गरिरहेको पुस्तालाई हौँसला प्रदान गर्नुपर्दछ भन्ने निर्णय अनुरुप यात्रामा अगि बढेका छौँ ।”

राज्यले गर्न नसकेको काम सिन्धुली कलाघरले गरिरएको भन्दै अध्यक्ष मगरले प्रसंसा गर्नुभएको छ । जसलाई राज्यले ठुवा पु¥याउनु पर्ने बताउनु भयो । उहाँले अघिल्लो पटकको स्थानिय सरकारका जनप्रतिनिधिबाट कलाघर निर्माणको निम्ति बजेट बिनियोजन गरेको बताउनुहँदै मगरले हालको जनप्रतिनिधिबाट पनि बजेट बिनियोजन गरिदिनु पर्ने बताउनु भयो ।
राष्ट्रिय कलाघर सिन्धुलीको प्रबद्र्धनको निम्ती राष्ट्रिय कलाकारको टिमनै सिन्धुली आइपुग्दा स्थानीय सरकार भने मुकदर्शक भएर बस्ने नपाइने उहाँले बताउनु भयो ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान बागमती प्रदेशको आयोजना तथा कलाघर सिन्धुलीको ब्यवस्थापनमा आयोजना राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालको चौथो पुर्ण बैठक सम्पन्न भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *