• मंसिर २७, सिन्धुली/सिन्धुलीमा हायस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका २ भद्रकाली नजिकै आज (बुधबार) काठमान्डौबाट उदयपुर जाँदै गरेको बा ३ ख ९७८८ नम्बरको हायस ब्रेक फेल भई दुर्घटना भएको थियो ।

    दुर्घटनामा परी घाइते हुनेहरु १२ जना नै उदयपुर जिल्ला त्रियुगा नगरपालिकाका हुन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरन्जिवी दाहालले दिनुभएको जानकारी अनुसार घाइते हुनेहरुमा ३८ बर्षीय यसोदा प्याकुरेल, उनका छोरा १० बर्षीय केशव प्याकुरेल, ५७ बर्षीय अर्जुन बहादुर ढुङ्गाना, ५१ बर्षीय भगवती ढुङ्गाना, ५३ बर्षीय राम प्रसाद ढुङ्गना, ६२बर्षीय बासु प्रसाद ढुङ्गाना, २३ बर्षीय अनिष ढुङ्गाना, ५७ बर्षीय रेनुका ढुङ्गाना, १० बर्षीय रेसिका ढुङ्गाना, ५३ बर्षीय शारदा ढुङ्गाना, ४८ बर्षीय राम प्रसाद ढुङ्गाना र ३३ बर्षीय नवराज सुवेदी रहेका छन् ।

    घाइतेहरुको सिन्धुली अस्पतालमा उपचार भइरको र अवस्था मध्यम रहेको प्रहरी नायव उपरिक्षक दाहालले जानकारी दिनुभयो । सवारी साधन दुर्घटना स्थलमै रहेको छ । हायस चालक ४२ बर्षीय सन्तलाल माझिलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।