राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाईभर्सनको विषयमा अध्यक्ष ओलीको चासो

मंसिर २६, सिन्धुली/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने विभिन्न दश नमुना सहर मध्यको एक खुर्कोटमा निर्माण थालिएको राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाईभर्सनको अध्यक्ष ओलीले अवलोकन तथा चासो व्यक्त गरेका छन् ।

झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको समृद्धिका लागि संकल्प यात्राका क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहितको टोली आज सिन्धुलीको खुर्कोटमा आइपुगेका हुन् । यात्राका क्रममा स्थानियको ६ सय ६८ रोपनी जंग्गा लिएर करोडौं रुपैयाँ खर्चेर निर्माण थालिएको योजनाका कुनै पनि काम पूरा हुन नक्नुको कारण बारे आयोजना र स्थानीयसंग ओलीले छलफल समेत गरे । उक्त आयोजनाले एक दशक पुरा गर्दा समेत कुनै गति लिन भने सकेको छैन् ।

३१.०७ मेगावाट विद्युत उत्पादनसँगै तराईका पाँच जिल्लाका १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पु¥याउने यस बुहुउद्देश्यीय आयोजनाको शिलन्यास ओलीले प्रधानमन्त्री हुदा २०७७ फागुन २० गते शिलन्यास गर्नुभएको थियो ।

आयोजनको प्रगतिको बारेमा सुनकोसी–मरिण बहुउद्देश्यीय आयोजनाका प्रमुख मित्र बरालले संक्षिप्त जानकारी गराउनु भएको थियो । उक्त आयोजनाको अटोमेटीक टनेल बोरीङ मेसीन (टिविएम) बाट १३ दशमलव ३ किलोमिटर टनेल निर्माण अन्तिम चरणमा पुगेको छ भने खुर्कोट स्थित सुनकोसी नदीमा बाँध निर्माण कार्य धमाधम भईरहेको छ ।

यात्राका क्रममा रामेछाप हुँदै खुर्कोट आइपुगेका ओलीले बरिस्ठ पत्रकार तथा शहिद संझना दाहालका पिता शेषराज दाहालको २ थान पुस्तक विमोचन समेत गर्नुभएको थियो ।

ओलीले राष्ट्रिय महत्वका साथ हेरिएको चियावारी–खुर्कोट सुरुङ्ग मार्ग र सिन्धुली महाभारत क्षेत्रकोकै प्रमुख नगदेबाली जुनारका समस्याहरुको बारेमा समेत जानकारी लिनुभएको छ । स्थानीयले सुरुङ मार्ग र जुनारको विषयमा ज्ञापन पत्र समेत बुझाएका छन । ज्ञापन पत्र बुझ्दै ओलीले सबै मागहरूको अध्ययनगरी देश विकास र समृद्धिको खाका बनाउने स्पष्ट पार्नुभयो । सिन्धुली कलाघरको विविध सांस्कृतिक कर्यक्रम प्रस्तुतीपछि खुर्कोटबाट अघि बढेको संकल्प यात्राको टोलीले सिन्धुलीकै गोलन्जोरको देउरालीटारमा नेपाल कम्युनिस्ट पार्टीको २००८ मा गठन बारे जानकारी लिनुनका साथै ग्वालटारमा पुगेर सहिद बाबुराम बरालको सालिकमा माल्यार्पण गर्ने र स्थानीय संग भेटघाट गर्ने कार्यक्रम नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख संजय दाहालले जानकारी दिनुभयो ।

नेकपा स्थापना भएको यस वर्ष ७५ औं वर्ष पुगेको छ । उक्त अवसरमा पार्टीले आफ्ना संस्थापक नेताको स्मृतिमा निर्माण भएको पुष्पलाल मध्यपहाडी राजमार्गमा १९ दिने समृद्धि यात्रा सुरु गरेको हो । बैतडीको झुलाघाटबाट सुरु भएको लोकमार्ग पाँचथरको चिवाभञ्ज्याङमा टुंगिनेछ । यो अभियान विभिन्न जिल्लामा जनतासँग भेटघाट, आमसभा गर्दै पुस २ गते १९औं दिनमा समापन हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *