-
मंसिर २५, सिन्धुली/सिन्धुलीको दुधौली नगरपालिकाको विभिन्न वडामा ४ दिन सम्म सन्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरमा १ हजार ६० जनाको आँखा जाँच गरिएको छ । शिविरबाट १ सय २५ जना मोतियाबिन्दुका बिरामी फेला परेका छन् भने अन्यलाई औषधी तथा चष्मा वितरण गरिएको हो ।
वडा नम्बर १० का ३ सय १५ जनाको निःशुल्क आँखा जाँच गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीको आयोजनामा आइतबार(२४ गते) १० नम्बर वडाको कार्यलयमा सन्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरमा ४५ उमेर बर्ष भन्दा माथिका महिला र पुरुष गरी ३ सय १५ जनाले जाँच गरेका हुन् ।
उक्त जाँचमा ४६ जना मोतियाबिन्दुका बिरामी फेला परेको नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका अध्यक्ष असोक श्रेष्ठले जानकारी दिनुभयो । २ सय ८५ जनलाई औषधी र १ सय ३९ जनालाई आवश्यक अनुसार निःशुल्क चष्मा वितरण गरिएको छ ।
त्यस्तै दुधौली नगरपालिकाको दुधौली बजारमा शनिबार (२३ गते ) नगर प्रमुख दिनेश अधिकारीको प्रमुख आतिथ्यतामा भएको निःशुल्क आँखा जाँच शिविरमा २ सय २ जनाको जाँच भएकोमा २७ जनामा मोतियाबिन्दुका बिरामी फेला परेको सभापति श्रेष्ठले जानकारी दिनुभयो । अन्य १ सय ८० जनालाई औषधी र ८७ जनालाई आबश्यक अनुसार निशुल्क चष्मा वितरण गरिएको हो ।
दुधौली नगरपालिकाको वडा नम्बर ४ सिर्थौलीमा शुक्रबार (२२ गते) गते २ सय २८ जनाको जाँच गरिएकोमा १७ जना मोतियाबिन्दुका बिरामी फेला परेका थिए भने अन्य २ सय जनालाई औषधी र ९१ जनालाई चष्मा बितरण गरिएको थियो ।
दुधौली नगरपालिकाको वडा नम्बर १ र २ मा ३ सय १५ जनाको आँखा जाँच गरिएकोमा मातियाबिन्दुका ३५ जना बिरामी फेला परेका थिए भने ३ सय जनालाई औषधी र १ सय २५ जनालाई चष्मा वितरण गरिएको सभापति श्रेष्ठले बताउनु भयो ।पुस ६ र ७ गते सिन्धुलीको रेडक्रस आँखा केन्द्रमा मोतियाबिन्दुका बिरामीहरुको निःशुल्क आँखा सल्यक्रिया गर्नको निम्ति बिरामीको छनोट लागि शिविर सन्चालन गरिएको श्रेष्ठले बताउनु भयो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीको आयोजना, तिलगंगा आँखा प्रतिष्ठान, काठमान्डौँ, जानकी आँखा अस्पताल जनकपुर लगायतको प्राविधिक सहयोगमा मोतियाबिन्दुका बिरामीको सल्यक्रिया हुने छ ।
News Desk 0 response सोमवार, मंसिर २५, २०८०

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२