• मंसिर २३, सिन्धुली/जन्ति लिएर आएको मिनि बोलेर‍ गाडी दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका ३ टाप्के डाँडाबाट कमलामाई नगरपालिका १ बेलटार तर्फ जन्ति लिएर फर्कने क्रममा हरिहरपुरगढी २ रतनपुरमा दुर्घटना भएको हो ।

    मदन भण्डारी राजमागमा बा.२० च ३०५९ नम्बरको पिकअप बोलेरो गाडी आफै अनियनत्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
    दुर्घटनामा परि १३ जना घाईते भएकोमा ७ जनाको प्राथमिक स्वास्थ्य चौकी कपिलाकोटमा सामान्य उपचार पछि घर फर्किएको र ६ जनालाई थप उपचारको लागि सिन्धुली पठाईको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रवक्ता चिरञ्जिवि दाहालले जानकारी दिनुभयो ।

    उपचार पठाईएका ६ जनाको नै स्वास्थ्य अबस्था सामान्य रहेको प्रहरी नाउव उपरिक्षक दाहालले जानकारी दिनुभयो । उक्त पिकअप बोलेरो प्रहरी नियन्त्रणमा रहेको छ ।
    उपचारको लागि पठाएको घाईतेहरू चालक जिल्ला सिन्धुली कमलामाई नगरपालिका वडा नं. वडा नं. १ बस्ने ३६ बर्षीय कमल थोकर, १९ बर्षीय निराजन पाख्रिन, १३ वर्षीय मस्त सिङ गोले, १५ वर्षीय सुनिल बम्जन, १६ वर्षीय पवित्रा स्याङतान र १८ वर्षीय मनिता बम्जन रहेका छन् ।