• मंसिर २०, सिन्धुली/बागमती प्रादेशिक सडक डिभिजन कार्यालयको बिनियोजित बजेटबाट मरिण गाउँपालिकामा विभिन्न ६ वटा योजना मार्फत सडक स्तरोन्नति हुने भएको छ । प्रादेशिक सडक डिभिजन कार्यालयले योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन गराउन मरिण गाउँपालिकालाई आह्वान गरेको छ ।


    प्रचलित ऐन, नियम तथा कार्यविधि बमोजिम निर्माण कार्य हुने योजनाको लाभान्वित खण्डभित्रबाट उपभोक्ता समिति गठन गर्न डिभिजन प्रमुख देव नारायण प्रसाद यादवले आह्वान गर्नुभएको हो । प्रादेशिक सडक मार्फत मरिण गाउँपालिकाको वडा नम्बर ४ च्याने खारखोला हुँदै सिमाले जोड्ने योजना मार्फत सडक स्तरोन्नतीको लागि २० लाख बजेट बिनियोजित भएको मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान (प्रख्यात)ले जानकारी दिनुभयो ।


    त्यस्तै वडा नम्बर १ को करेनी, डैडार, पाँचघरे, वडा नम्बर ३ को सिरटोल, माझिडाँडाँ हुँदै क्यानफेदी, वडा नम्बर २ को सिर्थाैली, शिखरडाँडाँ हुँदै रातमाटा, वडा नम्बर ५ को सहिद विशाल कुमार मार्ग (घाटा आम्बास) र वडा नम्बर ३ को बरुण, अजिंगर, सखौरी हुँदै देउता खोला सडक स्तरोउन्नतीको हुने भएको छ । ६ वटै योजनाको लागि प्रादेशिक सडक डिभिजन कार्यालयलले प्रत्येक योजनालाई २०/२० लाख बजेट बिनियोजन गरेको छ ।