• मंसिर १७, सिन्धुली/सिन्धुलीको तिनपाटन गाउँपालिका वडा नम्बर ११ चकमकेमा आज ४ सय जना भन्दा बढीको नि:शुल्क आँखा चेकजाँच गरिएको छ । नेपाल रेडक्रस सोसाइटि सिन्धुली जिल्ला शाखाको आयोजनामा सामुदायिक आँखा उपचार केन्द्रद्धारा नि:शुल्क आँखा जाँच शिविरमा ४ सय ५ जनाको आँखा जाँच गरिएको हो ।

    पुस ५ र ६ गते सामुदायिक आँखा उपचार केन्द सिन्धुलीमा मोतियाबिन्दुको नि:शुल्क शल्यक्रिया गर्नको निम्ति आँखाको विरामी छनोट भइरहेको नेपाल रेडक्रस सोसाइटि सिन्धुलीका सभापति असोक श्रेष्ठले जानकारी दिनुभयो ।
    चेकमकेमा भएको आँखा जाँचबाट ४५ जनामा मोतियाबिन्दुका बिरामी फेला परेका छन् । त्यस्तै आवश्यकता अनुसार ३ सय २० जनालाई निशुल्क औषधी र १ सय ७० जना विरामीलाई निशुल्क चश्मा उपलब्ध गराइएको बताउनु भयो । सामुदायिक आँखा उपचार केन्द्रका डाक्टर धनबहादुर मगरले आँखा जाँच गर्नुभएको छ ।
    १८ गते तिनपाटन गाउँपालिकाको भिमस्थानको भवानी उच्च मावि र १९ गते बेलघारीको प्राथमिक स्वास्थ्य कार्यालयमा आँखा जाच शिविर सन्चालन हुने छ । तिनपाटन गाउँपालिकाको साझेदारीमा नेपाल रेडक्रस सोसाइटि लाम्पानटार उपशाखा,सिन्धुली उद्योग वाणिज्य संघ चकमके शाखा र तिनपाटन गाउँपालिका वडा नम्बर ११ को संयोजनमा निशुल्क आँखा जाँच शिविर सन्चालन गरिएको हो ।
    पुस ६ र ७ गते तिनपाटन गाउँपालिका,कमलामाई नगरपालिका र दुधौली नगरपालिकाका २ सय ७० आँखाका मोतियाबिन्दु भएका बिरामीहरुको शल्यक्रिया गर्ने लक्ष्य रहको सभापति श्रेष्ठको भनाई छ । जसमा प्राविधिक सहयोग तिलगंगाा आँखा प्रतिष्ठान,जानकी आँखा अस्पताल जनकपुर र हेल्पिङ ह्याण्ड्सको रहने छ ।