• मंसिर १४,सिन्धुली/सिन्धुलीमा एम्बुलेन्स ट्रक सँग ठोक्किदा ५ जना घाइते भएका छन् । बीपी राजमार्ग अन्र्तगत सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ७ माथिल्लो बारा स्थित सिन्धुलीबाट रामेछाप तर्फ जादैँ गरेको ज १ च ८२४ नम्बरको
    एम्बुलेन्स सडकमा रोकेर राखिएको ट्रकसँग ठोक्किदा दुर्घटना भएको थियो ।
    आज विहान अन्दाजी २ बजे सडकमा रोकिराखेको भेष बहादुर पाण्डेले चलाएको बा ३ ख ६९९० नम्बरको ट्रकमा महोत्तरी जिल्लाका ४१ बर्षीय राजु सिंहले चलाएको एम्बुलेन्स ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक (प्रवक्ता) चिरन्जीवी दाहालले जानकारी दिनुभयो ।
    दुर्घटनामा परी एम्बुलेन्समा सवार महोत्तरी जिल्लाका ४० बर्षीय ईकरामुल अन्सारीको ढाडमा चोट लागेको छ भने सोहि स्थानका २५ बर्षीय कलाम अन्सारीको गालमा चोट लागेको छ । त्यस्तै सोहि स्थानकै २० बर्षीया चाबोला खातुनको मुखमा चोट लागेको,सोहि स्थानकै मनाबुल अन्सारीका १ बर्षीय छोरा अवरार अन्सारीको टाउँकोमा चोट लागेको र २१ बर्षीय जय कुमार राउतको बायाँ खुट्टामा चोट लागेकोले ५ जनानै घाइतेको हाल बाल कान्ती अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
    प्रहरीले एम्बुलेन्स चालक राजु सिंहलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।