• मंसिर ९, सिन्धुली/नेपाल पुस्तक तथा स्टेशनरी व्यावसाय महसंघ सिन्धुलीको १७ औं साधारण सभा तथा ७ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

    आज नेपाल पुस्तक तथा स्टेशनरी व्यावसाय महसंघ सिन्धुलीको अध्यक्ष धनबहादुर कार्कीको अध्यक्षता तथा सिन्धुली उद्योग बाणिज्य संघ सिन्धुलीको प्रमुख आथित्यता अधिवेशन उद्घाटन कार्यक्रम भएको हो ।

    अधिबेशनले किरण कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमति चयन भएको छ । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा मेनुका तिमल्सीना, उपाध्यक्षमा धनबहादुर माझी, सचिबमा दिपक तिमल्सीना, कोषाध्यक्षमा ध्रुबचन्द्र खड्का र सह-सचिवमा मानबहादुर थापा सर्वसहमत चयन भएका छन्। त्यस्तै सदस्यहरूमा ईन्द्र प्रसाद अधिकारी, प्रकाश काफ्ले, चुडामणी बराल, रोजिना श्रेष्ठ, शान्ता कार्की र विवेक राज देवकोटा रहेका छन्।

    कार्यक्रममा उद्योग बाणिज्य संघको बरिष्ठ उपाध्यक्ष विरबल चौधरी, वाणिज्य उपाध्यक्ष बासु भेटुवाल, नेपाल पुस्तक तथा स्टेशनरी व्यावसाय महसंघ बागमति प्रदेश उपाध्यक्ष महेश रेग्मी लगायतले शुभकामना मन्तव्य रााख्नु भएको थियो ।